महराले संसद जाने बाटो खुल्यो, सफाइ पाएको बारे संसदलाई जानकारी « Khabarhub

महराले संसद जाने बाटो खुल्यो, सफाइ पाएको बारे संसदलाई जानकारी


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) मुद्दामा सफाइ पाएको विषय संसदमा जानकारी गराइएको छ । यससँगै महराले सांसदको रुपमा संसदका बैठकमा सहभागी हुने तथा कार्य गर्ने बाटो खुलेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका सदस्य महराले जबरजस्ती करणी उद्योगको मुद्दाबाट सफाइ पाई थुनामुक्त भएको व्यहोरा जानकारी गराए ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा महरा थुनामुक्त भएको जानकारी गराउँदै सभामुख सापकोटाले भने– ‘महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरको मिति २०७६/०६/१९ गतेको पत्रबाट जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको शिलशिलामा काठमाडौं जिल्ला अदालतको अनुमतिबाट कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा थुनामा रहनुभएका प्रतिनिधिसभाका माननीय सदस्य श्री कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतको मिति २०७६/११/०५ गतेको फैसलाले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर गरी २०७६/११/०५ गते थुनामुक्त हुनुभएको व्यहोरा जानकारी गराउँछु ।

प्रतिनिधि सभाका तत्कालीन सभामुख महरा संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको अभियोगमा गत असोज १९ गते पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतको आदेशानुसार मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका महराले सोमबार अभियोगबाट सफाइ पाएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशले अभियोगको दाबी नपुग्ने ठहर गर्दै महरालाई सफाइ दिएको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  २ : १५ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति