महराले संसद जाने बाटो खुल्यो, सफाइ पाएको बारे संसदलाई जानकारी « Khabarhub

महराले संसद जाने बाटो खुल्यो, सफाइ पाएको बारे संसदलाई जानकारी


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) मुद्दामा सफाइ पाएको विषय संसदमा जानकारी गराइएको छ । यससँगै महराले सांसदको रुपमा संसदका बैठकमा सहभागी हुने तथा कार्य गर्ने बाटो खुलेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका सदस्य महराले जबरजस्ती करणी उद्योगको मुद्दाबाट सफाइ पाई थुनामुक्त भएको व्यहोरा जानकारी गराए ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा महरा थुनामुक्त भएको जानकारी गराउँदै सभामुख सापकोटाले भने– ‘महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरको मिति २०७६/०६/१९ गतेको पत्रबाट जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको शिलशिलामा काठमाडौं जिल्ला अदालतको अनुमतिबाट कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा थुनामा रहनुभएका प्रतिनिधिसभाका माननीय सदस्य श्री कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतको मिति २०७६/११/०५ गतेको फैसलाले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर गरी २०७६/११/०५ गते थुनामुक्त हुनुभएको व्यहोरा जानकारी गराउँछु ।

प्रतिनिधि सभाका तत्कालीन सभामुख महरा संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको अभियोगमा गत असोज १९ गते पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतको आदेशानुसार मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका महराले सोमबार अभियोगबाट सफाइ पाएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशले अभियोगको दाबी नपुग्ने ठहर गर्दै महरालाई सफाइ दिएको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  २ : १५ बजे

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ।

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली