महराले संसद जाने बाटो खुल्यो, सफाइ पाएको बारे संसदलाई जानकारी « Khabarhub

महराले संसद जाने बाटो खुल्यो, सफाइ पाएको बारे संसदलाई जानकारी


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास (जबरजस्ती करणी उद्योग) मुद्दामा सफाइ पाएको विषय संसदमा जानकारी गराइएको छ । यससँगै महराले सांसदको रुपमा संसदका बैठकमा सहभागी हुने तथा कार्य गर्ने बाटो खुलेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका सदस्य महराले जबरजस्ती करणी उद्योगको मुद्दाबाट सफाइ पाई थुनामुक्त भएको व्यहोरा जानकारी गराए ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा महरा थुनामुक्त भएको जानकारी गराउँदै सभामुख सापकोटाले भने– ‘महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरको मिति २०७६/०६/१९ गतेको पत्रबाट जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको शिलशिलामा काठमाडौं जिल्ला अदालतको अनुमतिबाट कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा थुनामा रहनुभएका प्रतिनिधिसभाका माननीय सदस्य श्री कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतको मिति २०७६/११/०५ गतेको फैसलाले अभियोग मागदाबीबाट सफाइ पाउने ठहर गरी २०७६/११/०५ गते थुनामुक्त हुनुभएको व्यहोरा जानकारी गराउँछु ।’

प्रतिनिधि सभाका तत्कालीन सभामुख महरा संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको अभियोगमा गत असोज १९ गते पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतको आदेशानुसार मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका महराले सोमबार अभियोगबाट सफाइ पाएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशले अभियोगको दाबी नपुग्ने ठहर गर्दै महरालाई सफाइ दिएको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  २ : १५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर