धार्मिक पर्यटनलाई बढावा दिन महाशिवरात्रिको उपयोग « Khabarhub

धार्मिक पर्यटनलाई बढावा दिन महाशिवरात्रिको उपयोग


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक वर्ष फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिलाई यस वर्ष नेपाल भ्रमण वर्षसँग जोडेर भव्यताका साथ मनाउन प्रचारप्रसार गर्ने उद्देश्यले पशुपतिदेखि माइतीघर मण्डलासम्म शोभायात्रा निकालिएको छ ।

बिहान पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोकाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले शोभायात्राको शुभारम्भ गरे । शोभायात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पशुपति बहुमुखी क्याम्पसलगायत शैक्षिक संस्थाका विद्यार्थी, बैंक एवं वित्तीय संस्थाका कर्मचारीलगायत भक्तजन र सर्वसाधारण गरी १० हजारभन्दा बढीको सहभागिता थियो । शोभायात्रामा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलगायत कोषका पदाधिकारीहरुको सहभागिता थियो ।

यात्रामा सांस्कृतिक झाँकीसहित महाशिवरात्रि र नेपाल भ्रमण वर्षको समेत प्रचारप्रसार गरिएको थियो । महाशिवरात्रिमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउन आज बिहान पशुपतिदेखि तिलगङ्गा–एयरपोर्ट–तीनकुने–नयाँबानेश्वर–बिजुलीबजार–बबरमहल हुँदै माइतीघर मण्डलासम्म शोभायात्रा निकालिएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताए ।

नेपालीले राष्ट्रदेवका रुपमा पूजाआराधना गर्ने पशुपतिनाथलाई द्वादश ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्गका रुपमा विश्वका विभिन्न देशमा रहेका वैदिक सनातन धर्मावलम्बीले मान्छन् । विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बीले एकपटक आइपुग्नै पर्ने गन्तव्यस्थलका रुपमा पशुपतिनाथलाई राख्ने गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रिलाई नेपाल भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाउन विभिन्न कार्यक्रम गरिरहेको छ । महाशिवरात्रि मनाउन कोष सञ्चालक परिषद् अध्यक्ष रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समितिअन्तर्गत ११ उपसमिति पनि गठन भएको छ ।

महाशिवरात्रिका लागि पशुपतिमा सबै तयारी पूरा भइसकेको जनाइएको छ । यस वर्ष अहिलेसम्म दुई हजारभन्दा बढी साधुसन्त पशुपति क्षेत्रका विभिन्न अखडामा आइबसेका छन् । फागुनकृष्ण एकादशीका दिन बिहानदेखि साधुसन्तलाई पशुपतिको मूल मन्दिरमा प्रवेश गराइनेछ । अन्तिम तयारीस्वरुप बुधबार बिहान पशुपति क्षेत्रमा बृहत् सफाइ गरिने कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताए ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रलाई फूलमालाले सजाइनेछ । मन्दिर सजाउन यस वर्ष केही भक्तजनले विभिन्न देशबाट फूलमाला मगाएको जनाइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ३ : ५५ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ