पुनर्बीमा कम्पनीलाई १ अर्ब ६० करोडको आइपिओ बिक्रीको अनुमति « Khabarhub

पुनर्बीमा कम्पनीलाई १ अर्ब ६० करोडको आइपिओ बिक्रीको अनुमति


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लागि रहेको बेला चालू आर्थिक वर्षको सबैभन्दा ठूलो परिमाणको साधारण शेयर बिक्री हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले नेपाल पुनर्बीमा कम्पनीको रु एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले यही फागुन ४ गते सो कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति प्रदान गरेको हो ।

पछिल्ला दिनमा साधारण शेयर बिक्रीका लागि त्यत्ति धेरै उत्साह नभइरहेको बेला पुनर्बीमा कम्पनीको शेयर बिक्री गर्न लागिएको हो । बोर्डले अनुमति दिए लगत्तै कम्पनीले शेयर बिक्रीका लागि आश्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता रु १०० का दरले कूल एक करोड ६० लाख कित्ता शेयर बिक्री गर्न अनुमति दिएको हो ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड यसअघि नै नियुक्त भइसकेको छ । शेयर बिक्री अघि गरिएको रेटिङमा कम्पनीले ग्रेड २ प्राप्त गरेको छ । इक्रा नेपालले उक्त साधारण शेयरको रेटिङ गरेको हो ।

कम्पनीको अधिकृत पूँजी रु १५ अर्ब, जारी पूँजी रु १० अर्ब र चुक्ता पूँजी रु आठ अर्ब ४० करोड रहेको छ । साधारण शेयर बिक्री भएपछि कम्पनीको कूल चुक्ता पूँजी रु १० अर्ब पुग्नेछ । कम्पनीमा नेपाल सरकारको ४४, विभिन्न बीमा कम्पनीको ३९ र सर्वसाधारणको १६ प्रतिशत स्वामित्व हुने गरी शेयर संरचना तय गरिएको छ । यस्तै बोर्डले गैर आवासीय नेपालीले प्रवद्र्धन गरेकोे ‘एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड’ लाई पनि साधारण शेयर बिक्रीको अनुमति दिइएको छ ।

बोर्डले रु १०० अंकित दरमा रु ३३ करोड ९८ लाख चार हजार ६०० बराबरको ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर बिक्री गर्ने अनुमति दिइएको छ । जलविद्युत् एवं पूर्वाधार क्षेत्रमा लगानी गर्ने लक्ष्यका साथ गैरआवासीय नेपाली सङ्घले एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी स्थापना गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ५ : ०० बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००