क्वारेन्टाइनमा रहेका नेपालीको स्वास्थ्यअवस्था बुझ्न स्वास्थ्यमन्त्री पुगे खरिपाटी « Khabarhub

क्वारेन्टाइनमा रहेका नेपालीको स्वास्थ्यअवस्था बुझ्न स्वास्थ्यमन्त्री पुगे खरिपाटी


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले खरिपाटीको क्वारेन्टाइ स्थलको निरिक्षण गरेका छन् ।

मन्त्री ढकालले गत आइतबार बिहान चीनको कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन स्थलको निरिक्षण गरेका हुन् ।

स्वास्थ्य मन्त्री ढकाल खरिपाटी पुगेर क्वारेन्टाइमा रहेका १ सय ७५ जना नेपालीको स्वास्थ्य अवस्था र उनीहरुलाई क्वारेन्टाइनमा राखिँदा भइरहेको व्यवस्थापनबारे जानकारी लिएका छन् ।

क्वारेन्टाइनमा राखिएका नेपालीहरुको जानकारी तथा सूचना दिने कन्ट्रोलरुपमा पुगेर मन्त्री ढकालले उनीहरुलाई सरकार नेपाली नागरिकको स्वास्थ्य प्रति जिम्मेवार रहेको बताए ।

उनले क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य सुरक्षामा खटिएका स्वास्थ्यकर्मीलाई जानकारी गराउन समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ५ : ४४ बजे

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी