अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल जारी छ: उपप्रधानमन्त्री पोखरेल « Khabarhub

अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल जारी छ: उपप्रधानमन्त्री पोखरेल


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा अतिक्रमित भएको नेपाली भूमि फिर्ता ल्याउने विषयमा दुई देशबीचको कूटनीतिक पहल निरन्तर अघि बढिरहेको बताएका छन् ।

युद्धप्रसाद मिश्रको ३०औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा रक्षामन्त्री पोखरेलले नेपालले भारत सरकारलाई औपचारिक पत्र पठाइसकेपछि कूटनीतिक पहलले गति लिएको बताए ।

“राज्यको तर्फबाट विगतमा कहिल्यै पनि आफ्नो भूमिको दाबी गर्ने कार्य भएन”, उनले भने, “वर्तमान सरकारले भारतद्वारा अतिक्रमित भूमिलाई आफ्नो दाबी गर्दै पत्र लेखी कूटनीतिक समाधान खोज्ने प्रयास गरेको छ ।”

उनले भूमिको अभिलेख राख्ने निकायको असावधानीका कारण समस्या उत्पन्न भएको भन्दै अहिले सबै प्रमाणसहितको अभिलेख तयार भएको जानकारी दिए ।

“देशको भूमि रक्षाका लागि प्रमुख प्रतिपक्षी दलसहित सबै दल एक ठाउँमा आउनुले थप बल पुगेको छ”, उनले भने , “नेपाली भूमि फिर्ता नभएसम्म हामी निरन्तर लडिरहन्छौँ ।”

उपप्रधानमन्त्री पोखरेलले कालापानी क्षेत्रका विभिन्न ठाउँमा दश किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको क्याम्प खडा गर्न लागिएको जानकारी दिए ।

उनले सो क्षेत्रमा ३०/४० किलोमिटरको दूरीमा सुरक्षा पोष्ट राखिएको बताउँदै भौगोलिक असहजताका कारण एक ठाउँबाट अर्को ठाउँमा जान निकै अप्ठ्यारो पर्ने गरेको बताए ।

उनले विभिन्न विषयमा अध्ययन गर्ने उद्देश्यले आफू केही दिनअघि सो क्षेत्रमा गए पनि अत्यधिक हिँउका कारण हेलिकप्टर ‘ल्याण्ड’ हुनसक्ने अवस्था नआउँदा अवलोकन नगरी फर्कनुपरेको बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १० : ४५ बजे

आईपीएल : बल समात्ने क्रममा लुंगी एङ्गिडी घाइते, खेल १५ मिनेट रोकियो

काठमाडौं – भारतमा जारी इन्डियन प्रिमियर लिग अन्तर्गत दिल्ली र

‘युट्युब’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण

म्याग्दी – यहाँको मालिका गाउँपालिका–५ देवीस्थानकी अस्मिता सिउथानी कपडाको डिजाइन

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडाैं । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

बुटवलमा गर्भवती मृत्यु प्रकरण : दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित

लुम्बिनी – बुटवलमा गर्भवती गीता पाण्डेको उपचारका क्रममा भएको मृत्यु

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही वैशाख १७