कोरोनाको आशंकामा भारतका एक मन्त्री नै क्वारेन्टाइनमा | Khabarhub Khabarhub

कोरोनाको आशंकामा भारतका एक मन्त्री नै क्वारेन्टाइनमा


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भारतका एक जना मन्त्री क्वारेन्टाइनमा बसेका छन्।

हालै केरलाको एक सम्मलेनमा पुगेर फर्केका केन्द्र सरकारका संसदीय कार्य राज्यमन्त्री भी मुरलीधरन ‘सेल्फ क्वारेन्टाइन’मा बसेका हुन् ।

उक्त सम्मेलनमा एक कोरोना भाइरस संक्रमित डाक्टर पनि सहभागी भएको पुष्टि भएपछि उनले आफूलाई सुरक्षित राख्न क्वारेन्टाइनमा बसेका हुन् ।

घरमै क्वारेन्टाइनमा बसेका उनले कोरोनाको परीक्षण गराए पनि उनको रिपोर्ट आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाका कारण भारतमा हालसम्म तीन जनाले ज्यान गुमाएका छन् भने १ सय ४३ भन्दा बढी संक्रमित रहेको जनाइएको छ । जसमा १४ जना निको भएर घर फर्किएका छन् भने १ सय २६ जना उपचाररत रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : ३१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका