कोरोनाभाइरस : इटालीमा तीन दिनदेखि दैनिक ३ सय भन्दा बढीको मृत्यु « Khabarhub

कोरोनाभाइरस : इटालीमा तीन दिनदेखि दैनिक ३ सय भन्दा बढीको मृत्यु


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  इटालीमा कोरोनाभाइरसको संक्रमणबाट तीन दिन यता दैनिक ३ सय भन्दा बढीको मृत्यु हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा पनि इटालीमा कोरोना भाइरसकै संक्रमणबाट ३ सय ४५ जनाको मृत्यु भएको छ । योसंगै इटालीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ३ पुगेको छ ।

यसअघि मंगलबार एकै दिन ३ सय ४९ जनाको मृत्यु भएको इटालीमा सोमबार ३ सय ६८ जनाको मृत्यु भएको थियो ।

इटालीमा संक्रमितको संख्या पनि दैनिकजसो ३ हजार भन्दा बढी थपिन थालेका छन् । मंगलबार ३२ सय ३३ जनामा संक्रमण देखिएकोमा आज ३५ सय २६ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ हजार ५ सय ६ पुगेको छ । उपचार गराइरहेका २६ हजार मध्ये २ हजार जनाको अवस्था गम्भीर छ ।

कोरोना संक्रमण रोक्न इटाली सोमबारदेखि ‘लक डाउन’ समेत लागु भइसकेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : ५३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको