कालोबजारी एवं कृत्रिम अभाव रोक्न माग « Khabarhub

कालोबजारी एवं कृत्रिम अभाव रोक्न माग


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पश्चिमाञ्चल होटल सङ्घ पोखराले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिसँगै बजारमा देखिएको कालोबजारी एवं कृत्रिम अभाव रोक्नका लागि जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएको छ ।

सङ्घका अध्यक्ष विकल तुलाचनको नेतृत्वको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई ध्यानाकर्षणपत्र प्रदान गर्दै मास्क, हेण्ड सेनिटाइजर, औषधि तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव रोक्न ध्यानाकर्षण गराएको हो ।

कोरोना भाइरसका कारण पर्यटन तथा होटल व्यवसायमा परेको प्रभावका सम्बन्धमा सदस्य होटल सञ्चालकबीचको छलफल तथा अन्तक्रियामा मास्क, हेण्ड सेनिटाइजर, औषधि तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव रोक्नुपर्नेमा जोड दिएको थियो ।

यसैगरी आगन्तुक पाहुना तथा होटलमा कार्यरत कर्मचारी र आम उपभोक्तालाई समेत असहज परिस्थिति सिर्जना हुन थालेको गुनासो सङ्घको कार्यालयमा प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष तुलाचनले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा उत्तिकै त्रास र सङ्कट सिर्जना भएको जानकारी दिए ।

सरकारद्वारा घोषित नेपाल भ्रमण वर्ष २०२० मा केही राहत हुने अपेक्षा गर्दै गर्दा विश्व अर्थतन्त्रलाई नै प्रभाव पार्ने गरी देखापरेको भाइरसका कारण होटल तथा पर्यटन उद्योगमा असर पुग्न गई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज एवं होटलमा कार्यरत कर्मचारीको पारिश्रमिकसमेत भुक्तानी गर्न सक्ने अवस्था नभएको ध्यानाकर्षणपत्रमार्फत स्मरण गराइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ८ : ५० बजे

ढिलासुस्ती गर्ने निर्माण कम्पनीको स्काभेटर र ट्याक्टरमा नगरको ताला

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काम

पैदलयात्रीलाई ठक्कर दिएर फरार जिप चालक पक्राउ

धनगढी – कञ्चनपुरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका जिप चालक

स्याङ्जा र बाजुराको मतगणना गर्न कांग्रेसको आग्रह

काठमाडौँ – नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं २ र बाजुराको

रामजानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न

धनुषा- श्रीराम जानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न भएको छ ।

वीरगञ्ज भन्सारमा राजस्व सङ्कलनमा ह्रास

वीरगञ्ज – देशको प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व सङ्कलन लगातार