नेपाली टोली र इङ्ग्ल्यान्ड ‘सी’ टीम बीचको मैत्रिपूर्ण खेल पनि रोकियो « Khabarhub

नेपाली टोली र इङ्ग्ल्यान्ड ‘सी’ टीम बीचको मैत्रिपूर्ण खेल पनि रोकियो


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्यान्ड ‘सी’ टिमबीचको मैत्रिपूर्ण खेल स्थगन भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार सूचना सार्वजनिक गर्दै नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण मैत्रिपूर्ण खेल स्थगन गरेको जनाएको छ ।

केही महिना अगाडि एन्फा र इङ्ग्ल्यान्ड फुटबल एसोसिएसन ‘एमओयू’ गरेको थियो । यही वर्षको मे २५ मा इङ्ग्ल्यान्डमा खेल्ने तालिका थियो ।

तर, कोरोनाले असर गर्नै भएपछि तत्कालका लागि यो मितिमा मैत्रिपूर्ण खेल हुने सम्भावना टरेको छ ।

एन्फाले अर्को मिति भने सार्वजनिक गरेको छैन् । दोस्रो मैत्रिपूर्ण खेल भने २०२१ मा नेपालमा आयोजना हुने यसअघि नै बताइसकिएको छ ।

यस्तै, कोरोनाकै कारण एन्फाले चैत १२ गतेसम्मका लागि सबै गतिविधि बन्द गरेको छ । एन्फा कम्प्लेक्स र बुटबल र धरानका एकेडेमी समेत बन्द रहने मंगलबार विज्ञप्तिमार्फत जानकारी दिइसकेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : ४० बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका