काठमाडौंमा ट्रकभित्र लगेर १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार « Khabarhub

काठमाडौंमा ट्रकभित्र लगेर १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चन्द्रगिरी नगरपालिका–१५ तीनथामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

तीनथानाको सडक किनारामा रोकेर राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकमा १७ वर्षीया किशोरीमाथि ३ जना युवकले सामूहिक रुपमा बलात्कार गरेका हुन् ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठका अनुसार सामूहिक बलात्कारमा संलग्न ३ जना पक्राउ परेका छन् ।

सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका ३ जना

पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका–१ घर भएका २४ वर्षीय सञ्जय घर्ती मगर, रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भएका १९ वर्षीय कपिल खड्का र सिन्धुलीको सुनकोशी गाउँपालिका–९ घर भएका १९ वर्षीय पासाङ तामाङ छन् ।

प्रहरीका अनुसार मंगलबार बिहान ३ जना युवकले गाडी चढ्न सडक किनारमा उभिएकी युवतीलाई गन्तव्यमा पु¥याइदिने भन्दै सडक निकारमा रोकिएको ट्रकमा लगेका थिए । ट्रकमा लगेर तीनै जनाले किशोरीमाथि सामूहिक बलात्कार गरेका देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले बलात्कृत किशोरीको उद्दार माइती नेपालको संरक्षणमा राखिएको छ ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ११ : ०८ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडौं– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी