वैशाख १८ गतेसम्म चलचित्र हल बन्द गर्ने सरकारको निर्णय « Khabarhub

वैशाख १८ गतेसम्म चलचित्र हल बन्द गर्ने सरकारको निर्णय


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन भन्दै चलचित्र हल बन्द गर्ने निर्णय गरेको छ । चलचित्र हलसँगै सांस्कृतिक केन्द्रहरु, रंगशाला, क्ल तथा मनोरञ्जन स्थल पनि बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार सिंहदरबारमा बसेको बैठकले ती क्षेत्रहरू ३० अप्रिलसम्म(वैशाख १८) बन्द गर्ने निर्णय गरेको हो ।

साथै सरकारले यसको अनुगमन गर्न गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने जनाएको छ ।

योसँगै सरकारले २५ जनाभन्दा बढी मानिसहरू भेला हुन नपाइने पनि जनाएको छ ।

यो निर्णयले नेपाली फिल्म क्षेत्रमा प्रभाव पर्ने भएको छ । यसअघि सरकारले दर्शकलाई फिल्म हलमा नजान आह्वान गरेको थियो । हलवालाले भने उचित सुरक्षा अपनाएको भन्दै फिल्म प्रदर्शन गर्दै आएका थिए ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणको भयले फिल्म हलमा दर्शकको उपस्थिति निकै पातलिएको थियो । कोरोना भाइरसका कारण विदेशी फिल्म र नेपाली फिल्म म यस्तो गीत गाउँछु २ र नीरफूलको प्रदर्शन स्थगित भइसकेको छ ।

अब भने फिल्म प्रेमगीत ३,  लक्का जवान, चपली हाइट ३ लगायतका फिल्मको रिलिज स्वत: स्थगित हुने भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : १३ बजे

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन