युरोप, जापान र खाडी मुलुकमा रहेका नेपाली वैशाख ३ गतेसम्म घर आउन नपाउने « Khabarhub

युरोप, जापान र खाडी मुलुकमा रहेका नेपाली वैशाख ३ गतेसम्म घर आउन नपाउने


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि युरोपसहित खाडी क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाएको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य मुलुबाट आउने नागरिकमाथि रोक लगाएको हो ।

निर्णयमा सबै नागरिकमाथि भनिएका कारण यसबाट नेपाली पनि प्रभावित हुने देखिन्छन् ।

माथि उल्लेख गरिएका देशबाट आउने सबै यात्रुलाई २० मार्च २०२०(शनिवार) मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल २०२० (वैशाख ३ गते) सम्म आगमनमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

यससँगै हवाइ मार्गबाट नेपाल आउने सबै यात्रुलाई प्रतिबन्ध लागेको छ । यससँगै नेपाल आउन चाहने नेपाली पनि रोकिने भएका छन् ।

खाडीका विभिन्न मुलुक, दक्षिण कोरिया, जापान, मलेसिया लगायतका मुलुकमा नेपालीहरु वैदेशिक रोजगारीका लागि रहेका छन् । कतिपय देशमा कोरोनाको संक्रमण फेलिएसँगै नेपाल भित्रने नेपालीको संख्या बढिरहेको तथ्यांकहरु सार्वजनिक भइरहँदा सरकारले यस्तो निर्णय आएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : ३१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल