कोरोना भाइरसका कारण बंगलादेशमा पहिलो पटक एक जनाको मृत्यु « Khabarhub

कोरोना भाइरसका कारण बंगलादेशमा पहिलो पटक एक जनाको मृत्यु


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– कोरोना भाइरसको संक्रमणका कारण बंगलादेशमा पहिलो पटक एक जनाको ज्यान गएको छ ।

बंगलादेशको समाचार संस्था द डेली स्टारले इन्स्टिच्युट अफ इपिडिमियोलोजी, डिजिज कन्ट्रोल एण्ड रिसर्चलाई उद्धृत गर्दै बंगलादेशमा पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको जनाएको हो । मृतक ७० वर्षभन्दा बढी उमेरको रहेको जनाइएको छ ।

बंगलादेशका विभिन्न क्षेत्रमा हालसम्म १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा भने तीन पुरुष तथा एक महिला गरी ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : २८ बजे

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको