त्रिविको परीक्षा स्थगित हुँदैनः उपकुलपति बाँस्कोटा « Khabarhub

त्रिविको परीक्षा स्थगित हुँदैनः उपकुलपति बाँस्कोटा


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले पूर्वनिर्धारित मितिमै तय भएका त्रिविले लिने परीक्षा स्थगित नहुने बताएका छन् ।

कतिपय संकायको परीक्षा भइरहेको र केहीको शुक्रबारदेखि शुरू हुने उनले जानकारी दिए ।

उनले आज डिनहरूसँग भएको छलफलमा परीक्षा स्थगित नगर्ने निर्णय भएको जानकारी दिँदै यस विषयमा आधिकारिक निर्णय बिहीबार हुने बताए ।

‘अहिलेसम्म परीक्षा स्थगित गर्ने कुनै छलफल भएको छैन। भोलि नै आधिकारिक निर्णय गर्छौं,’ बाँस्कोटाले भने।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधबार विद्यालय र क्याम्पसमा पढाइ भने रोक्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : १६ बजे

मेयर बालेन र अमेरिकी राजदूत थम्पसनको भेटबारे एमाले उपाध्यक्ष रावलको चासो

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

स्याङ्जा २ मा कांग्रेसका गुरुङको अग्रता कायमै

काठाडौँ- स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

काठमाडौँ- जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर रावत, उपप्रमुख सरिता सिंह

युवा पुस्तालाई नेतृत्व दिनुपर्छ : नेता भण्डारी

गुल्मी- नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का

वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट