दक्षिण पूर्वी एसियाली मुलुकमा कोरोना भाइरसको संक्रमण उच्च जोखिममा : डब्लूएचओ « Khabarhub

दक्षिण पूर्वी एसियाली मुलुकमा कोरोना भाइरसको संक्रमण उच्च जोखिममा : डब्लूएचओ


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसबाट दक्षिण एवं दक्षिण पूर्वी एसियाली मुलुकहरु उच्च जोखिममा रहेको चेतावनी दिएको छ ।

नेपालसहितका दक्षिण एवं दक्षिणपूर्वी एसियाली मुलुकहरु कोरोना भाइरसको उच्च जोखिममा रहेको र ती मुलुकरुले कोरोना भाइरस नियन्त्रणका लागि आक्रमक योजना अघि सार्नु पर्ने बताएको छ ।

डब्लूएचओ अन्तर्गत दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक पुनम खेत्रपाल सिंहले कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि संक्रमितको पहिचान, परीक्षण, उपचार आइसोलेसेनमा जोड दिन आह्वान गरेकी छिन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वभर २ लाख नाघिसकेको छ भने ८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

यद्यपि दक्षिण एसियामा भने हालसम्म ५ सय ८ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने ४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ७ : ३४ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते