सडक विस्तार गर्न थलीबासीका घरमा विभागले चलायो डोजर « Khabarhub

सडक विस्तार गर्न थलीबासीका घरमा विभागले चलायो डोजर


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चावहिल–साँखु सडक खण्ड विस्तार गर्ने योजनाअन्तर्गत थलीका बासिन्दाका घरमा सडक विभागले डोजर चलाएको छ ।

विभागले शङ्खरापुर र कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गत सडकको मापदण्डभित्र पर्ने मूलपानी, थली र डाँछीका गरी सात घर भत्काएको हो ।

घरको मुआब्जा लिएर पनि पटक–पटक हटाउन अनुरोध गर्दा अटेर गरेको कारण सडक विस्तार गर्न घर विभागले डोजर चलाएको हो ।

विभागले मूलपानीमा एक, थलीमा पाँच र डाँटीमा एक वटा घर भत्काएको हो । मुआब्जा लिएर घर भत्काउन अटेर गरेपछि मूलपानीमा एक, थलीमा पाँच र डाँटीमा एक वटा गरी जम्मा सात वटा घर भत्काएको विभागले जनाएको छ ।

उपत्यका विकास प्राधिकरणका इञ्जिनीयर खेमराज जोशीका अनुसार काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाबाट एकवर्ष पहिल्यै घरको क्षतिपूर्ति लिएर पनि घर नभत्काएपछि डोजर चलाएको छ ।

विसं २०७२ मा सरकारले चावहिलबाट साँखुसम्म २२ मिटरचौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाई ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि पछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तार गरिरहेका छन् ।

ठेक्का दिएको मितिदेखि आर्थिक वर्ष २०७४÷७५ मा आयोजना सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले सर्वोच्च अदालतको अन्तरिम आदेश, मुअब्जा प्रक्रिया, विद्युतीय र टेलिफोनको पोल र तार नपन्छाउनु, खानेपानी तथा ढल लिकेज भई सडक सतहमा पानी बग्ने जस्ता कारणले निर्माण गर्न सकेको थिएन ।

सडकमा जग्गा पर्ने स्थानीयवासीले आफ्नो घर जग्गाको मुआब्जा र क्षतिपूर्ति नपाएसम्म सडक विस्तारको काम अगाडि बढाउन नदिने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सर्वोच्च अदालतले २०७४ असोज १ गते सडकमा घर र जग्गा पर्नेलाई मुअब्जा दिनुपर्ने भन्दै फैसला गरेको थियो । त्यसपछि सडक विभागले सडकमापर्ने जग्गाको मूल्याङ्कन गरी क्षतिपूर्ति र मुआब्जा वितरण गरेको थियो ।

घरको मात्रै मुआब्जा पाएकाले जग्गाको पनि पाउनुपर्ने माग राख्दै थली र मूलपानी र डाँछिका स्थानीयवासीले सडक निर्माण गर्न दिएका छैनन् । विवाद टुङ्गिएको ठाउँमा कालेपत्र गरेको भए पनि विवादित ठाउँको सडक विस्तार हुन नसक्दा यस सडकले सम्पन्नता पाउन सकेको छैन ।

शङ्खरापुर नगरपालिकाभित्रपर्ने पाँच वटा र कागेश्वरी मनोहरा नगरपालिकाभित्रको २५ वटा घरले मुआब्जा लिन बाँकी रहेको विभागले जनाएको छ । उचित क्षतिपूर्ति नदिने तथा बिना सूचना घर भत्काउन थालेपछि विरोधमा उत्रिएको भन्दै थलीका स्थानीयवासीले आक्रोश पोखेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ८ : ५२ बजे

उदयपुर सिमेन्टमा पुगेर बालेन भन्छन्- उद्योग देशका मेरुदण्ड हुन्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइने

पर्वत– जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

आईएसएसको अन्त्य, सहकार्यको युग

एजेन्सी– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा

कप्तान रोहितले क्यानडाविरुद्ध नखेल्ने : आजको खेलको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौं – आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल नेपालका

निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह

गलकोट– अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार