ब्राजिलका न्यायाधीश जब नग्न भएर बैठकमा बसे… « Khabarhub

ब्राजिलका न्यायाधीश जब नग्न भएर बैठकमा बसे…


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसले यतिबेला आममानिसको दैनिकी मात्र हैन, राज्यका निकायहरुको काम गर्नै शैली पनि परिवर्तन भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गरेर बैठकहरु हुने गरेका छन् ।

विभिन्न एप्सको प्रयोग गरेर कतिपय बैठकहरु भिडियो कन्फरेन्सबाट समेत हुने गरेका छन् ।

न्यायीक सम्पादनका काममा भिडियो कन्फरेन्स हुन थालेको छ । कोरोनाको संक्रमणबाट जोगिन ब्राजिलका न्यायालयले समेत भिडियो कन्फरेन्सको उपयोग गरिरहेका छन् ।

तर यही भिडियो कन्फरेन्सले ब्राजिलको अमापा राज्यका जिल्ला न्यायाधीश कार्मो एन्टोनियो डी सूजालाई भने आपत पारेको छ ।

घरैबाट बहस सुन्ने गरेका सूजाले अप्रिल ७ मा भिडियो कन्फरेन्सिङमार्फत अन्य न्यायाधीशहरूसँग छलफल गर्ने क्रममा नग्न शरीरका साथ प्रस्तुत भएको पत्तै पाएनन् ।

५२ वर्षीय अर्धनग्न न्यायाधीश भिडियोमा गिलासबाट पानी पिउँदै कम्प्युटर स्क्रीनमा घुरेर हेरिरहेको अनि अन्य ६ जना न्यायाधीश चाहिँ गाउन लगाएर बसेको दृश्यले यतिबेला उनको आलोचना भइरहेको छ ।

यद्यपि आफू नग्न भएको थाहा पाउनेवित्तिकै उनले शर्ट लगाएर आएका थिए । लगत्तै अदालतले उक्त घटनाको अनुसन्धान गरेर उनले नियतवस गल्ती नगरेको ठहर गर्दै माफी दिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ८ : २४ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,