आज पनि हावाहुरीसहित वर्षा हुने पूर्वानुमान | Khabarhub Khabarhub

आज पनि हावाहुरीसहित वर्षा हुने पूर्वानुमान


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज मध्य र पूर्वका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा असिना र हावाहुरीसहित वर्षाको संभावना छ ।

अहिले पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र मध्य भू–भागमा आंशिक बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

आजै राति पूर्वी र मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसअघि शुक्रबार पनि मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित  वर्षा भएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ८ : ५३ बजे

‘रुबीकुमारीको हत्या’पछि आत्मदाह प्रयास गर्दा जलेका लक्ष्मणको पनि मृत्यु

काठमाडौँ- सुटकेसमा प्याक गरिएको अवस्थामा भेटिएकी रुबीकुमारी साह हत्याकाण्डका मुख्य

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय 

काठमाडौं– सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपति भेट्ने, यी हुन् भ्रमण टोलीका सदस्य  

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन जाने भएका छन्

सामाजिक सञ्जाल दर्ताका लागि सात दिनको अन्तिम म्याद

काठमाडौं– सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा