माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, तीन घाइते « Khabarhub

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, तीन घाइते


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–४ फुलडाँडामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

घर पोत्नका लागि माटो खन्ने क्रममा शुक्रबार ढिस्कोले पुरिएर स्थानीयवासी धनबहादुर गोलेका छोरी २४ वर्षीया अरिना गोलेको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए । उनको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

सो घटनामा परी घाइते भएकी गोलेकै छोरी २० वर्षीया एरिना र १२ वर्षीया सनिषाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । नौ वर्षीया एनिषा गोले भने तालढुङ्गा स्वास्थ्यचौकीमा उपचारपश्चात घर फर्किएकी छन् ।

यसैबीच शुक्रबार बेलुका पाँचखाल नगरपालिका–८ चौउन्न किलोस्थित अरनिको राजमार्गमा सिन्धुपाल्चोकबाट धुलिखेलतर्फ आउँदै गरेको बा११च १५४१ नंको स्कारपियो गाडी सडकबाट तल खस्दा घाइते भएका पाँच जना धुलिखेल अस्पतालमा उपचार गरी त्यहाँबाट काठमाडौँस्थित ओम अस्पतालमा सिफारिस गरिएको प्रहरीले जनाएको छ ।

सडकबाट अन्दाजी २०० मिटर तल चाखोलामा खसी दुर्घटना हुँदा स्कारपियोमा सवार सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ सुकेधारा बस्ने प्रनिशा खत्री, सोही ठाउँ बस्ने सरिता खत्री, हार्दिक खत्री, काठमाडौँ पेप्सिकोला बस्ने विष्णु पौडेल र भक्तपुर बस्ने शम्भुबहादुर तिमल्सिना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ९ : १३ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच