वन्यजन्तुको मासुमा प्रतिवन्ध लगाउन डब्ल्यूएचओको अपील | Khabarhub Khabarhub

वन्यजन्तुको मासुमा प्रतिवन्ध लगाउन डब्ल्यूएचओको अपील


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोराना संक्रमण फैलिने क्रम बढेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन सबै मुलुकलाई अपील गरेको छ ।

७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै मासुको व्यापारमा कडाइ गर्नुपर्ने डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामले बताएका छन् ।

चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना संक्रमण सिफुडबाट फैलिएको आशंका गरिएको छ । तर, यसको पुष्टि भने भएको छैन । विश्वभर संक्रमण बढ्दै गएपछि डब्ल्यूएचओले ३० जनवरीमा विश्वव्यापी स्वास्थ्य संकटलकाल घोषणा गरेको थियो ।

लाखौं मानिसको मुख्य भोजनको रुपमा रहेको मासु अधिकांश क्षेत्रमा भने स्वच्छताको अभाव रहेको टेड्रोसले बताए ।

‘जीवित जनावरको बिक्री हुने बजारलाई तबमात्र खोल्नुपर्छ, जब भोजन र स्वच्छताका सबै मानक कडाइका साथ पालना हुन्छ,’ डब्ल्यूएचओका प्रमुख टेड्रोसले भने ।

यस्तै, अफ्रिकाका इमर्जेन्सी अपरेसन प्रमुख मिचेल याओले अफ्रिकामा अबको तीनदेखि ६ महिनामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक करोड पुग्नसक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ९ : ५७ बजे

‘रुबीकुमारीको हत्या’पछि आत्मदाह प्रयास गर्दा जलेका लक्ष्मणको पनि मृत्यु

काठमाडौँ- सुटकेसमा प्याक गरिएको अवस्थामा भेटिएकी रुबीकुमारी साह हत्याकाण्डका मुख्य

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय 

काठमाडौं– सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपति भेट्ने, यी हुन् भ्रमण टोलीका सदस्य  

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन जाने भएका छन्

सामाजिक सञ्जाल दर्ताका लागि सात दिनको अन्तिम म्याद

काठमाडौं– सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा