वन्यजन्तुको मासुमा प्रतिवन्ध लगाउन डब्ल्यूएचओको अपील « Khabarhub

वन्यजन्तुको मासुमा प्रतिवन्ध लगाउन डब्ल्यूएचओको अपील


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोराना संक्रमण फैलिने क्रम बढेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन सबै मुलुकलाई अपील गरेको छ ।

७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै मासुको व्यापारमा कडाइ गर्नुपर्ने डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामले बताएका छन् ।

चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना संक्रमण सिफुडबाट फैलिएको आशंका गरिएको छ । तर, यसको पुष्टि भने भएको छैन । विश्वभर संक्रमण बढ्दै गएपछि डब्ल्यूएचओले ३० जनवरीमा विश्वव्यापी स्वास्थ्य संकटलकाल घोषणा गरेको थियो ।

लाखौं मानिसको मुख्य भोजनको रुपमा रहेको मासु अधिकांश क्षेत्रमा भने स्वच्छताको अभाव रहेको टेड्रोसले बताए ।

‘जीवित जनावरको बिक्री हुने बजारलाई तबमात्र खोल्नुपर्छ, जब भोजन र स्वच्छताका सबै मानक कडाइका साथ पालना हुन्छ,’ डब्ल्यूएचओका प्रमुख टेड्रोसले भने ।

यस्तै, अफ्रिकाका इमर्जेन्सी अपरेसन प्रमुख मिचेल याओले अफ्रिकामा अबको तीनदेखि ६ महिनामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक करोड पुग्नसक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ९ : ५७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको