निमोनियाका बिरामीलाई समेत एम्बुलेन्स चालकले अस्पताल लान मानेनन् « Khabarhub

निमोनियाका बिरामीलाई समेत एम्बुलेन्स चालकले अस्पताल लान मानेनन्


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाका तीन वटा एम्बुलेन्सका चालकले निमोनियाका कारण सिकिस्त भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् ।

निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती गाउँपालिका–७ पोखरेका गणेश रोक्कालाई भिमटारका एम्बुलेन्स चालकले अस्पताल लैजान अस्वीकार गरेका हुन् ।

गाउँपालिकाको तीन वटा एम्बुलेन्समध्ये कुनै एम्बुलेन्सले पनि बिरामीलाई अस्पताल लैजान नमानेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् ।

बिरामी रोक्काले अर्बुदरोगका कारण एउटा हात पनि गुमाइसकेका थिए । एम्बुलेन्स चालकले बिरामीलाई अस्पताल लैजान नमानेको इन्द्रावती गाउँपालिका–७ का वडा सदस्य तिलक रोक्काले बताए ।

उनकाअनुसार गाउँपालिकाले तीन वटा एम्बुलेन्स चालकलाई नै आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउँदासमेत एम्बुलेन्स चालकले अवज्ञा गरी बिरामी लैजान नमानेको हो ।

इन्द्रावती गाउँपालिकाका प्रमुख बंशलाल तामाङले भिमटारका एम्बुलेन्सले नमानेको र नवलपुरबाट बिरामीलाई बोक्न एम्बुलेन्स पठाएको बताएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १० : २४ बजे

इरानी क्षेप्यास्त्र आक्रमणपछि यूएईले भन्यो : खतरा नियन्त्रणमा छ

काठमाडौं – मध्यपूर्वमा इरान र अमेरिकाबीच भएको युद्धविरामपछि पुनः तनाव

इरानद्वारा पुनः हमला सुरु, अबुधाबीमा विस्फोटको आवाज सुनियो

काठमाडौं – सोमबार इरानले पुनः क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ

जातीय विभेदविरुद्ध ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालन गर्न निर्देशन

काठमाडौं – दलित समुदायलाई कोठा भाडामा नदिएको भन्दै त्यसविरुद्ध दीपा

एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं – सर्वोच्च अदालतले एकल महिला (विधवा)ले अर्को विवाह गरेमा

कर्णाली प्रदेश सरकारले दश वर्षे कृषि रणनीति तयार पार्दै

सुर्खेत – कर्णाली प्रदेश सरकारले टुक्रे आयोजनाबाट प्रतिफल नआउने भएपछि