निमोनियाका बिरामीलाई समेत एम्बुलेन्स चालकले अस्पताल लान मानेनन् | Khabarhub Khabarhub

निमोनियाका बिरामीलाई समेत एम्बुलेन्स चालकले अस्पताल लान मानेनन्


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाका तीन वटा एम्बुलेन्सका चालकले निमोनियाका कारण सिकिस्त भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् ।

निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती गाउँपालिका–७ पोखरेका गणेश रोक्कालाई भिमटारका एम्बुलेन्स चालकले अस्पताल लैजान अस्वीकार गरेका हुन् ।

गाउँपालिकाको तीन वटा एम्बुलेन्समध्ये कुनै एम्बुलेन्सले पनि बिरामीलाई अस्पताल लैजान नमानेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् ।

बिरामी रोक्काले अर्बुदरोगका कारण एउटा हात पनि गुमाइसकेका थिए । एम्बुलेन्स चालकले बिरामीलाई अस्पताल लैजान नमानेको इन्द्रावती गाउँपालिका–७ का वडा सदस्य तिलक रोक्काले बताए ।

उनकाअनुसार गाउँपालिकाले तीन वटा एम्बुलेन्स चालकलाई नै आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउँदासमेत एम्बुलेन्स चालकले अवज्ञा गरी बिरामी लैजान नमानेको हो ।

इन्द्रावती गाउँपालिकाका प्रमुख बंशलाल तामाङले भिमटारका एम्बुलेन्सले नमानेको र नवलपुरबाट बिरामीलाई बोक्न एम्बुलेन्स पठाएको बताएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १० : २४ बजे

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुखको सरुवा

जनकपुरधाम– नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक

सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसँग  आर्थिक

फोहोर व्यवस्थापन एप सार्वजनिक  

काठमाडौं– नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको

उखु किसानको आन्दोलन : नेताहरूको ओइरो, समस्या जस्ताको त्यस्तै (तस्बिरहरू)

काठमाडौं– उखु किसानलाई सरकारले  दिँदै आएको बक्यौता अनुदान रकम ७०

बैतडीका भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिँदै

बैतडी– जिल्लामा रहेका अव्यवस्थित बसोबास गर्ने, भूमिहीन सुकुम्वासी र भूमिहीन