सल्यानमा आरडिटी किट अभाव , सबै रिपोर्ट नेगेटिभ « Khabarhub

सल्यानमा आरडिटी किट अभाव , सबै रिपोर्ट नेगेटिभ


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान- कोरोना भाइरस परीक्षण गर्न सल्यानमा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किट अभाव भएको छ ।

जिल्लाका छ स्थानीय तहमा परीक्षण हुँदा जिल्लामा प्राप्त भएको किट सकिएपछि बाँकी स्थानीय तहको परीक्षण स्थगन गरिएको छ ।

जिल्लामा प्रदेशले सरकारले पठाएको सबै किट सकिएकाले जिल्लाका चार स्थानीय तहमा कोरोना परीक्षण तत्कालका लागि स्थगन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिए ।

गत चैत १ गतेदेखि भारतसहित तेस्रो मुलुकबाट फर्किएका सबैको र्‍यापिड टेष्ट गर्ने कार्यक्रम तय भए पनि किट अभावमा स्थगन गरिएको उनले जानकारी दिए ।

अस्पतालले दुई टोली बनाएर जिल्लाका विभिन्न स्थानीय तहमा विदेशबाट आएका व्यक्तिको कोरोना परीक्षण गत बिहीबारदेखि शुरु गरेको थियो । सो दिन २६३ को जाँच गरिएको थियो ।

शुक्रबार २३२ को र्‍यापिड टेष्ट गरिएको छ । कुमाख गाउँपालिकामा ११३, छत्रेश्वरी गाउँपालिकामा ६८ र सिद्धकुमाख गाउँपालिकामा ५१ जनाको कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख डा बुढाले जानकारी दिए ।

जिल्लाको शारदा नगरपालिका र बागचौर नगरपालिकामा शनिबार तथा आइतबार वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा कोरोनाको परीक्षण गर्ने कार्यक्रम तय भएको थियो । तर किट अभाव भएपछि कोरोना सङ्क्रमण परीक्षण प्रभावित भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १२ : ०९ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको