र्‍यापिड टेष्ट तीव्र, १४ दिन पूरा गरी २६२ घर फिर्ता « Khabarhub

र्‍यापिड टेष्ट तीव्र, १४ दिन पूरा गरी २६२ घर फिर्ता


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- कोरोना भाइरसको रोकथामका लागि दैलेखका विभिन्न क्षेत्रमा तयारी तीव्र पारिएको छ । भारतलगायत तेस्रो मुलुकबाट भित्रनेको सङ्ख्या एक हजार ५०० बढी पुगेपछि सबैखाले सुरक्षा सतर्कता अपनाइएको छ ।

नेपाल सरकारले शुरु गरेको र्‍यापिड टेस्टबाट धमाधम परीक्षण शुरु गरिएको छ भने पालिकाबाट क्वारेन्टाइनमा बसेका २६२ जना १४ दिन पूरा गरी घर फिर्ता भएका छन् ।

भारत र तेस्रो मुलुकबाट दैलेखमा आउनेको सङ्ख्या करिब एक हजार ५०० पुगिसकेको छ । लकडाउनका बेलामा समेत दिनहुँ नेपालगञ्जदेखि सुर्खेत हुँदै दैलेखका गाउँमा मानिस भित्रिने क्रम रोकिएको छैन ।

अन्य मुलुकसँगै भारतबाट दैलेख आउनेलाई पहिलो प्राथमिकतामा राखेर र्‍यापिड टेष्ट शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यलय दैलेखका प्रमुख निरञ्जन पन्थले बताए ।

दैलेखको निकै दुर्गम मानिएको आठवीस नगरपालिकाको क्वारेन्टाइनमा बसेका ८४ को र्‍यापिड टेष्ट सकिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । र्‍यापिड टेष्टअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय दैलेख र विभिन्न पालिकामा ११३ जनामा टेष्ट गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख पन्थले बताए ।

दैलेखका विभिन्न पालिकाबाट पठाइएका ८८ स्वाब सङ्कलनमध्ये ४६ वटाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । ५१ जनाको रिपोर्ट आउन बाँकी नै छ ।

दैलेखका विभिन्न पालिकामा क्वारेन्टाइनमा बसेका २८३ मध्ये २६२ जना १४ दिन पुगेर घर फिर्ता भएका छन् । जिल्ला प्रहरी र प्रशासन कार्यालय दैलेखले लकडाउन उल्लङ्घन गरेर सवारी साधन चलाउने नौ जनालाई जरिवाना गरेको जिल्ला प्रहरी कार्यलय दैलेखका प्रमुख हरिबहादुर वलीले बताए ।

सङ्क्रमित व्यक्ति भएका जिल्ला र उनीहरु चढेर आएको सवारी साधानलाई सुक्ष्मरूपमा खोजी गर्दै क्वारेन्टाइनमा राख्ने र स्वाब परीक्षणलाई दैलेखको स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय सरकारले तीव्र पारेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १ : ३९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी