एम्बुलेन्समा गाँजा तस्करी प्रकरण- प्रमाण नपुगेको भन्दै मेयर विरुद्ध मुद्दा नचल्ने निर्णय « Khabarhub

एम्बुलेन्समा गाँजा तस्करी प्रकरण- प्रमाण नपुगेको भन्दै मेयर विरुद्ध मुद्दा नचल्ने निर्णय


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटको ईशनाथ नगरपालिकाका मेयरविरुद्ध लागू औषध कारोबारको आरोपमा मुद्दा नचल्ने भएको छ ।

मेयर र उनका भाइ विरुद्ध लागू औषध कारोबारको आरोपमा जिल्ला न्यायधिवक्ताको कार्यालय हेटौंडाले प्रमाण नपुगेको भन्दै मुद्दा नचल्ने निर्णय गरेको हो ।

नगरपलिकाको एम्बुलेन्समा गाँजा ओसारपसार भएको भन्दै प्रहरीले गाँजासहित ३ जनालाई पक्राउ गरेको थियो । सोही मुद्दामा मेयर सन्तोष मेहतामाथि अनुसन्धान गर्नु पर्ने भन्दै प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो ।

मेयर मेहता र उनका भाइ मोहनविरुद्ध मकवानपुर प्रहरीले लगाएको लागूऔषध ओसारपसारको आरोपमा यथेष्ट प्रमाण नपुगेपछि मुद्दा नचल्ने निर्णय भएको जिल्ला न्यायधिवक्ता खडिन्द्र कटवालले बताए ।

मेयर मेहता र उनको भाइको हकमा लागू औषध गाँजा ओसारपसारमा कुनै संलग्नता नदेखिएको र प्रमाण नपुग्ने भएपछि मुद्दा नचलाउने निर्णय भएको उनले बताए ।

मकवानपुरको नेवारपानीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ १२ गते रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा गाँजा तस्करी गर्ने ३ जनालाई पक्राउ गरेको थियो ।

मकवानपुरको मनहरीबाट गाँजा लोड गरेको एम्बुलेन्सलाई हेटौंडातर्फ आउँदै गर्दा पूर्व–पश्चिम राजमार्गको नेवारपानीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  २ : ४२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी