बेवारिशे शव जलाउने विनयको दैनिकी- सडकमा बस्दै आएकालाई खानेकुरा बाँड्नु | Khabarhub Khabarhub

बेवारिशे शव जलाउने विनयको दैनिकी- सडकमा बस्दै आएकालाई खानेकुरा बाँड्नु


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बेवारिसे शब जलाउदै आइरहेका ललितपुरका विनयजङ्ग बस्नेत अहिले सडकमा बेवारिसे बनेकाहरुलाई खाने कुरा बितरण गर्दै हिँडिरहेका छन् ।

खाना नपाएर भोक-भोकै सडकमा रात बिताउने बेवारिसे मानिसहरुको सारथि बनेका छन् उनी ।

लकडाउन सुरु भएको केही दिनदेखि बिनय चिउरा, चाउचाउ, दालमोठ र पानी दिई बेवारिशेको साहारा बनेका छन् । भन्छन्’ बेवारिसे थिए बाटोमा पैसा र चामल मागेर पनि खान्थे, तर लकडाउन भएपछि तिनिहरुलाई कसले दिने ?’

बेवारिसे भएर मर्ने स्थिति नहोस भनेर नै यसरी हरेक दिन साझ खानेकुरा बोकेर दौडिरहेको उनले बताए ।

‘काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा पुगि दैनिक १० देखि १५ जना बेवारिसेलाई खाने कुरा बाडिरहेको छु’ बिनयले भने, ‘अहिलेसम्म २ देखि ३ सय जनालाई बाँढिसके ।’

सधै एकै स्थानमा जान नभ्याइने भएकाले २ दिनलाई पुग्ने खाने कुरा एकै पटक दिइरहेको उनले बताए ।

भोको पेट भर्नका लागि खानेकुरा मात्र हैन । सडकमै रात बिताउनेहरुलाइ रात कटाउन ब्याल्ङ्केट समेत उनले दिने गरेका छन् ।

यो पनि पढ्नुहोस्

जो बेवारिसे शव खोज्दै जलाउँछन्

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ५ : २७ बजे

वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरमा सोमबार साँझसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या

टाइगर श्रफको ‘बागी ४’ ट्रेलर प्रदर्शन मिति सार्वजनिक

काठमाडौं- सन् २०१६ मा “बागी” फिल्ममार्फत ‘रोनी’ बनेका अभिनेता टाइगर

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला

काठमाडौं – हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका

भियतनामका उपराष्ट्रपति सुआन स्वदेश फिर्ता

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय