बेवारिशे शव जलाउने विनयको दैनिकी- सडकमा बस्दै आएकालाई खानेकुरा बाँड्नु « Khabarhub

बेवारिशे शव जलाउने विनयको दैनिकी- सडकमा बस्दै आएकालाई खानेकुरा बाँड्नु


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बेवारिसे शब जलाउदै आइरहेका ललितपुरका विनयजङ्ग बस्नेत अहिले सडकमा बेवारिसे बनेकाहरुलाई खाने कुरा बितरण गर्दै हिँडिरहेका छन् ।

खाना नपाएर भोक-भोकै सडकमा रात बिताउने बेवारिसे मानिसहरुको सारथि बनेका छन् उनी ।

लकडाउन सुरु भएको केही दिनदेखि बिनय चिउरा, चाउचाउ, दालमोठ र पानी दिई बेवारिशेको साहारा बनेका छन् । भन्छन्’ बेवारिसे थिए बाटोमा पैसा र चामल मागेर पनि खान्थे, तर लकडाउन भएपछि तिनिहरुलाई कसले दिने ?’

बेवारिसे भएर मर्ने स्थिति नहोस भनेर नै यसरी हरेक दिन साझ खानेकुरा बोकेर दौडिरहेको उनले बताए ।

‘काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा पुगि दैनिक १० देखि १५ जना बेवारिसेलाई खाने कुरा बाडिरहेको छु’ बिनयले भने, ‘अहिलेसम्म २ देखि ३ सय जनालाई बाँढिसके ।’

सधै एकै स्थानमा जान नभ्याइने भएकाले २ दिनलाई पुग्ने खाने कुरा एकै पटक दिइरहेको उनले बताए ।

भोको पेट भर्नका लागि खानेकुरा मात्र हैन । सडकमै रात बिताउनेहरुलाइ रात कटाउन ब्याल्ङ्केट समेत उनले दिने गरेका छन् ।

यो पनि पढ्नुहोस्

जो बेवारिसे शव खोज्दै जलाउँछन्

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ५ : २७ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच