अस्ट्रेलियामा पढ्ने विद्यार्थीका लागि शेष घलेको कलेजले छुट्यायो १० लाख डलर « Khabarhub

अस्ट्रेलियामा पढ्ने विद्यार्थीका लागि शेष घलेको कलेजले छुट्यायो १० लाख डलर


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलियाका अर्बपति शेष घलेले संचालन गरेको मेलवर्न इन्ष्टिच्युट अफ टेक्नोलोजीले कोरोना भाइरसका कारण आर्थिक संकट भोगिरहेका आफ्ना विद्यार्थीलाई सहायता दिने १० लाख डलरको कोष स्थापना गरेको छ ।

कोरोना भाईरसका कारण दैनिक गुजारा चलाउन र पढ्नका लागि आर्थिक संकट भोगिरहेका आफ्नो विद्यार्थीका लागि सहयोग गर्न कोष स्थापना गरिएको इन्ष्टिच्युटले जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै एमआइटीले भनेको छ, हाम्रा केही विद्यार्थीले जागिर गुमाएका छन्, घर फर्कन पनि सकेका छैनन् र उनीहरुलाई अष्ट्रेलियामा गुजारा चलाउन पनि धौ धौ परिरहेको छ । यस्तो अवस्थामा हाम्रा विद्यार्थीको सुरक्षा हाम्रो उच्च प्राथमिकतामा पर्दछ । र यो दुखको घडीमा हामी सकेको सहयोग गर्दछौ ।’

दश लाख डलर कोषबाट एक जना विद्यार्थीले एक पटकका लागि बढीमा ५ सय डलरसम्म सहायता रकम पाउनेछन् । यो रकम फिर्ता गर्न पर्नेछैन ।

सहायता रकम पाउनका लागि भने सन् २०२० मा पहिलो ट्राइमेष्टरमा भर्ना भएको हुनुपर्ने जनाइएको छ । यो कोषबाट एमआइटीका सिड्नी र मेलवर्न क्याम्पसमा पढ्ने योग्यता पुगेका विद्यार्थीले राहत पाउनेछन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ६ : ०३ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा