कोरोना महामारीकाबीच उत्तर कोरियाली शासक किम बिरामी भएको रिपोर्ट, महत्वपूर्ण कार्यक्रममा गएनन् « Khabarhub

कोरोना महामारीकाबीच उत्तर कोरियाली शासक किम बिरामी भएको रिपोर्ट, महत्वपूर्ण कार्यक्रममा गएनन्


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोना भाइरसको महामारीका कारण लाखौ मानिस संक्रमित भएका छन् ।

शनिवार साँझ सम्ममा २२ लाख ६९ हजार भन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ लाख ५५ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

विश्वका अधिकांश देश र भूभागमा कोरोना भाइरसको संक्रमण देखिएको छ । केही साना देश र भुभागमा मात्र संक्रमण पुष्टि भएको छैन ।

एशियाली मुलुक उत्तर कोरियाले पनि आफ्नो देशमा कोरोना भाइरस संक्रमित नभएको दाबी गर्दै आएको छ । कोरियाले आफ्नो देशलाई कोरोना फ्री नै घोषणा गरेको छ ।

तर चीन र दक्षिण कोरिया जस्ता कोरोना प्रभावित देशसँग सीमा जोडिएको उत्तर कोरोना संक्रमणबाट बच्न सक्नु रहस्यमय भएको बताउनेको संख्या कम छैन ।

निरंकुश कम्युनिष्ट शासन रहेको उत्तर कोरियामा कोरोना भाइरस देखिएको छैन भनिएको भएपनि एउटा महत्वपूर्ण कार्यक्रममा शाशक किम जोन उन उपस्थित नभएपछि सर्वत्र चासो व्यक्त गरिएको छ ।

उनी कोरोना संक्रमणका कारण उपस्थित नभएको हुनसक्ने अनुमान गरिएको समाचारहरु सार्वजनिक भएको छ ।

देशको महत्वपूर्ण कार्यक्रममा उनको अनुपस्थितिलाई लिएर अन्तर्राष्ट्रिय जगतमा विभिन्न प्रश्नहरु उठेका छन् ।

अन्तर्राष्ट्रिय मिडियाले स्रोतको हवाला दिँदै किम जोङ उन बिरामी भएको र उनी घरबाट बाहिर निस्किने अवस्थामा नरहेको आशंका गरेका छन् ।

उत्तर कोरियाले बुधबार आफ्ना संस्थापक नेता र किम जोंगका हजुरबुवा किम इल सुंगको जयन्ती मनाएको थियो । यो दिनलाई उत्तर कोरियामा राष्ट्रिय दिवसको रुपमा मनाइन्छ र देशैभरी सार्वजनिक विदा दिइन्छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार कमसुसन प्यालेसमा बनाइएको किम इल सुंगको समाधिमा पुष्प अर्पण गर्नको लागि बुधबार देशका सबै शीर्ष नेता र अधिकारीहरु पुगेका थिए तर किम भने उपस्थित थिएनन् ।

यसअघिका वर्षहरुमा भने यो दिन किम सधैं त्यहाँ पुग्थे र केही समय बिताउँथे । किमले त्यहाँ गर्ने गतिविधिलाई मिडियामा प्रमुखताका साथ देखाइन्थ्यो तर यस वर्ष भने मिडियामा जारी गरिएका फोटो र भिडियोमा किम जोंग थिएनन् । यससँगै ३६ वर्षका किम जोंग उनको स्वास्थ्यलाई लिएर आशंका सुरु भएका हुन् ।

कतिपयले उनलाई विश्वमहामारी कोरोनाको संक्रमण भएको हुनसक्ने अनुमानहरु गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ६ : ५८ बजे

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय