सबै जिल्लामा र्‍यापिड टेष्ट शुरु « Khabarhub

सबै जिल्लामा र्‍यापिड टेष्ट शुरु


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ का बिरामी पहिचानका लागि र्‍यापिड डायग्नोष्टिक किटबाट देशका ७७ जिल्लामा परीक्षण शुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित ब्रिफिङमा हालसम्म यस प्रविधिबाट १९ हजार ४५४ जना र पिसिआर प्रविधिबाट आठ हजार १७ जनाको परीक्षण भइसकेको जानकारी दिइयो ।

मुलुकभरका क्वारेन्टाइनमा बस्ने व्यक्तिको सङ्ख्या आज चार हजार ५३६ जना रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयमा रहेका दुई कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा तीन हजार २१ कल प्राप्त भएकामा सबैको मन्त्रालयबाट सम्बोधन गरिएको जानकारी दिइयो ।

मोवाइल एप्लिगेसन र वेबसाइडमा स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको सङ्ख्या २० हजार १३० पुगेको छ । २४ घण्टामा मात्र एक हजार ११८ जनाले स्वमूल्याङ्कन गरेका थिए । उनीहरुमध्ये तीन सम्भावित सङ्क्रमित जोनमा रहेका र त्यस्तो जोनमा पुग्नेको सङ्ख्या मुलुकभर हालसम्म २५४ जना रहेको छ ।

शुक्रबार थप १४ जनामा कारोनाको पुष्टि भएसँगै मुलुकमा कोभिडङ–१९ सङ्क्रण हुनेको सङ्ख्या ३० पुगेको छ । उदयपुरमा १२ र चितवनमा दुई जना पछिल्ला सङ्क्रमणबाट पुष्टिभएका हुन् । कूल सङ्क्रमितमध्ये उपचारपछि निको भइ दुई जना घर फर्किसकेका छन् भने २८ जना उपचाररत छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेका मध्ये एक जना किशोरी निको भइ घर फर्केकी छिन् ।

विभिन्न जिल्लामा द्रुतमार्गबाट गरिने र्‍यापिट डायग्नोष्टिक भइरहेका र त्यसमा पोजेटिभ देखिएकाको पिसिआर प्रविधिबाट परीक्षण जारी छ । सङ्क्रमित टेकु अस्पतालमा एक, पाटनमा दुई, बाल रोगमा दुई, धनगढीमा पाँच, वीगञ्जमा चार, भरतपुरमा दुई र विराटनगरमा १२ जनाको उपचार भइरहेको छ । ती सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको नाम सार्वजनिक नर्गन सबै सञ्चारमध्यमसँग स्वास्थ मन्त्रालयले आग्रह गरेको छ । लकडाउनको प्रभावबाट असहज महशुस गरेका बालबालिका र किशोर किशारीलाई रमाइलो वातावरण सृजना गरी घरभित्रै रहन सुझाव दिइएको छ ।

टेकुमा कोभिड–१९ सङ्क्रमणलाई परास्त गरी निको भएर घर जाँदै गरेकी किशोरी प्रसिद्धि श्रेष्ठले सरकारले घोषणा गरेको लकडाउन आदेश पूर्ण पालना गर्न सबै नागरिकलाई आग्रह गर्नुभएको छ । उहाँले उपचारमा रहेका बिरामीलाई उच्च मनोवल राख्न सुझाव पनि दिइन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ८ : १६ बजे

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना

इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने

सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको