क्वारेन्टाइनबाट भागेका एक जना नियन्त्रणमा | Khabarhub Khabarhub

क्वारेन्टाइनबाट भागेका एक जना नियन्त्रणमा


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलम्ची- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नगर प्रवेश गर्ने तीन मुख्य नाकामा प्रहरीसहित स्वास्थ्यकर्मीको ‘हेल्थ डेस्क’ सञ्चालन गरेको छ ।

काभ्रेको सिमाना ढाडखोला र काठमाडौँसँगको सिमाना भोटेचौर तथा छाप भञ्ज्याङमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो । ती नाका हुँदै धेरै नै आवतजावत हुने भएपछि नगरपालिकाले स्वास्थ्य जाँचपछि मात्रै नगर प्रवेश गराउने नगरपालिकाका स्वास्थ्य शाखाका सहइञ्चार्ज ज्ञानेन्द्र घोरासाइनेले जानकारी दिए ।

यही बाटो हुँदै मेलम्ची खानेपानीको सुन्दरीजल साइटमा बालुवा गिटीलगायत सामग्री ढुवानी हुने भएपछि स्थानीयको मागबमोजिम सुरक्षाका लागि पनि डेस्क सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

यसैबीच मेलम्ची क्षेत्रीय क्वारेन्टाइनबाट भागेका मेलम्ची– १३ का एक जनालाई आज घरबाटै नियन्त्रणमा लिइ पुनःक्वारेन्टाइनमा राखिएको नगर उपप्रमुख भगवती नेपालले जानकारी दिइन् । आइतबारदेखि सिसी क्यामेराका साथै सुरक्षा सामग्री जडान गरिने उनले बताइन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ९ : ३१ बजे

‘रुबीकुमारीको हत्या’पछि आत्मदाह प्रयास गर्दा जलेका लक्ष्मणको पनि मृत्यु

काठमाडौँ- सुटकेसमा प्याक गरिएको अवस्थामा भेटिएकी रुबीकुमारी साह हत्याकाण्डका मुख्य

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय 

काठमाडौं– सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपति भेट्ने, यी हुन् भ्रमण टोलीका सदस्य  

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन जाने भएका छन्

सामाजिक सञ्जाल दर्ताका लागि सात दिनको अन्तिम म्याद

काठमाडौं– सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा