स्वास्थ्य सामग्री ल्याउन नेपाल एयरलाइन्सको विमान आज चीन जाँदै « Khabarhub

स्वास्थ्य सामग्री ल्याउन नेपाल एयरलाइन्सको विमान आज चीन जाँदै


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन सोमबार नेपाल एयरलाइन्सको चार्टर्ड विमान चीन जाने भएको छ । विमान सोमबार बेलुका पौने ८ बजे चीनतर्फ प्रस्थान गर्नेछ ।

कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सामग्री ल्याउन विमान चीन जान लागेको नेपाली सेनाले जानकारी दिएको हो ।

जीटूजी मार्फत चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनाले पाएको थियो।  सोही प्रक्रिया अन्तर्गत सामान ल्याउनका लागि सोमबार नेपाल एयरलाइन्सको चार्टर्ड विमान चीन जान लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

चीनबाट दुई अर्बमा ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको उनले बताएका छन् ।

विमान मंगलबार बिहान ६ बजे सामान लिएर फर्किने छ । यसअघि शनिबार स्थलमार्ग हुँदै ल्याइएको सामान काठमाडौँ आइपुगेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ९ : ०० बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र