स्वास्थ्य सामग्री ल्याउन नेपाल एयरलाइन्सको विमान आज चीन जाँदै « Khabarhub

स्वास्थ्य सामग्री ल्याउन नेपाल एयरलाइन्सको विमान आज चीन जाँदै


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन सोमबार नेपाल एयरलाइन्सको चार्टर्ड विमान चीन जाने भएको छ । विमान सोमबार बेलुका पौने ८ बजे चीनतर्फ प्रस्थान गर्नेछ ।

कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सामग्री ल्याउन विमान चीन जान लागेको नेपाली सेनाले जानकारी दिएको हो ।

जीटूजी मार्फत चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनाले पाएको थियो।  सोही प्रक्रिया अन्तर्गत सामान ल्याउनका लागि सोमबार नेपाल एयरलाइन्सको चार्टर्ड विमान चीन जान लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

चीनबाट दुई अर्बमा ६७ प्रकारका ३४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको उनले बताएका छन् ।

विमान मंगलबार बिहान ६ बजे सामान लिएर फर्किने छ । यसअघि शनिबार स्थलमार्ग हुँदै ल्याइएको सामान काठमाडौँ आइपुगेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ९ : ०० बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका