लकडाउन थपिए पनि यी सवारी साधन चलाउन चाहिँदैन पास « Khabarhub

लकडाउन थपिए पनि यी सवारी साधन चलाउन चाहिँदैन पास


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले थप १५ दिनका लकडाउन थपेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ २० गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ ।

लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने भएको छ । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले अत्यावश्यक सेवा भने सञ्चालन गर्न दिइने बताए ।

पास विना रोकथामको उपायसहित कृषि, खाद्यान्न ढुवानी, निर्माण सेवा सञ्चालन गर्न दिइने पुरानै मोडालिटी कायम रहेको मन्त्री खतिवडाले बताए ।

नयाँ मोडालिटीका बारे छलफल भइरहेको र सुरक्षित तरिकाले श्रम गर्न दिने तयारी भएको समेत मन्त्री खतिवडाले जानकारी दिए ।

पास विना सञ्चालन गर्न पाउने सवारी साधन

  • एम्बुलेन्स, शवबाहन र दमकल
  • यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरु प्रेस
  • काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु
  • स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य
  • कर्मचारीहरु, औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु
  • खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति
  • फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति
  • ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति
  • अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु

यी क्षेत्रका सवारी चलाउनेले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ । यसबाहेक कोरोना भाइरसको रोकथामका लागि ध्यान दिई निर्माण कार्य गर्न र निर्माण सामाग्री ढुवानी गर्न दिइने भएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ११ : ११ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको