कोरोना संक्रमितको शव जलाएपछि सिल गरिएको विद्युतीय शवदाह गृह सञ्चालनको तयारी « Khabarhub

कोरोना संक्रमितको शव जलाएपछि सिल गरिएको विद्युतीय शवदाह गृह सञ्चालनको तयारी


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह आजदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ ।

कोरोना संक्रमित सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–९ की सुत्केरी महिलाको गत शनिबार राति शवदाह गरेपछि विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक राजु रेग्मीले जानकारी दिए ।

सरसफाइपछि आज अपराह्नदेखि विद्युतीय शवदाह गृह पूर्ववत् सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ । शवदाहमा संलग्न भएका छ जना कर्मचारीको पीसीआर विधिमार्फत स्वाब परीक्षणसमेत गर्न लागिएको उनले जानकारी दिए ।

कोरोना सङ्क्रमितलाई जलाउने क्रममा विद्युतीय शवदाह गृहमा संलग्न कर्मचारीले लगाएको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) पनि नष्ट गरिएको छ ।

कोरोना सङ्क्रमितलाई जलाएपछि शवदाह गृह सफाइका लागि ३६ घण्टा बन्द गर्नैपर्ने भएकाले सेवा सञ्चालनमा समस्या आएको थियो ।

संक्रमणको जोखिमका कारण कोरोना सङ्क्रमितलाई आर्यघाट र भष्मेश्वर घाटमा जलाउन नसकिने कोषले जनाएको छ ।

विद्युतीय शवदाह गृहमा दुई शव एकैपटक जलाउन सकिन्छ । दुई कोरोना सङ्क्रमित भई निधन भएकाको शव एकैपटक जलाउने गरी तयारी गर्ने लगायतका विषयमा कोषले सरकारसँग छलफल गर्ने भएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ११ : ५० बजे

विश्वकप फाइनल : यस्ता छन् मैदानभित्रका सम्भावित ब्याटल

काठमाडाैं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आइतबार स्पेन

झापाका किसानलाई रासायनिक मलको अभाव

झापा – धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला झापामा रासायनिक

बागमती नदीमा घट्न थाल्यो पानीको बहाव

काठमाडौं – अहिले काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको

उपत्यकामा सडक जलमग्न

काठमाडौं– लगातारको वर्षापछि काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्