सर्वोच्चमा १९ सदस्यीय पूर्ण इजलास बस्दै « Khabarhub

सर्वोच्चमा १९ सदस्यीय पूर्ण इजलास बस्दै


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतमा १९ सदस्यीय पूर्ण इजलास बस्दैछ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण मुद्दामा परेको असरको समाधान गर्न आज सर्वोच्च अदालतमा ऐतिहासिक १९ सदस्यीय वृहत पूर्ण इजलास बस्दैछ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा कोरोना भाइरसको कारण मुद्दामा देखिएका बाधा अड्चन फुकाउन इजलास तोकिएको र सोबाट देखिएका मुद्दाका तारेख, म्याद लगायतका अडचनको बाधा फुकाउने अपेक्षा गरिएको छ।

सर्वोच्च अदालत आफैंले दायर गरेको मुद्दा समेत सो सुनुवाइमा पेश भएको छ।

सम्भवतः तुंग शम्शेर राणाको मुद्धापछि सर्वोच्चका सबै न्यायाधीशहरु बसेर निर्णय गर्न लागिएको यो पहिलो पटक हो।

कानुनविद्हरुका अनुसार, २०२१ सालमा तुंग शम्शेर राणाको इण्डियन एअरलाइन्ससँगको क्षतिपूर्तिको मुद्दापछि पछिल्लो समय सबै न्यायाधीशहरुको इजलास बसेको यो पहिलो पटक हो।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १२ : १९ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र