सांसद अपरहणको आरोप प्रमाणित गरेर देखाउनुहोस्– कृष्णकुमार श्रेष्ठ « Khabarhub

सांसद अपरहणको आरोप प्रमाणित गरेर देखाउनुहोस्– कृष्णकुमार श्रेष्ठ


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले आफु माथि लाग्दै आएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौति दिएका छन् ।

प्रतिनिधिसधभाको सोमबारको बैठकमा बोल्दै उनले सांसद अपहरणमा संलग्न भएको प्रमाणित भए सबै सांसदको अगाडि झुण्डिएर मर्न तयार रहेको बताए ।

उनले भने, ‘केही हप्ता अगाडि यहाँ सांसद अपहरणका कुराहरु आए र म लगायत माननीय महेश बस्नेतसमेतको चरित्र हत्या गर्ने काम भयो ।

सम्पुर्ण माननीयहरुलाई साक्षी राखेर म भन्न चाहन्छु । अपहरणको आरोप लगाउनेहरुलाई म चुनौति दिन चाहन्छु । यदि प्रमाणित भयो भने सबै माननीयहरुको अगाडि म झुण्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन् ?’

विवादास्पद अध्यादेशसंगै पार्टी फुटाउने षडयन्त्र अनुसार, प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सांसद डाक्टर सुरेन्द्र यादवलाई सर्लाहीबाट अपहरण गरी काठमाडौं ल्याउने काम गरेको भन्दै जनता समाजवादी पार्टीका सांसद डाक्टर बाबुराम भट्टराईले सांसद श्रेष्ठ, महेश बस्नेत र निर्वतमान प्रमुख प्रमुख सर्वेन्द्र खनालविरुद्ध जिल्ला सरकारी कार्यलय काठमाडौंमा मुद्धा दर्ता गरेका छन् ।

नेपाल प्रहरीले पनि सांसद अपहरणको अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १ : २७ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका