कालीमाटी तरकारी बजारमा गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ « Khabarhub

कालीमाटी तरकारी बजारमा गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत बिहीबार कालीमाटी तरकारी बजारमा गरिएको कोरोना परीक्षण सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका चिकित्सक र स्वास्थ्यकर्मीको टिमले नमुना संकलन गरेको थियो ।

जसमा ७ सय जनाको आरडीटी र ३ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

कालीमाटीमा कोरोना पीसीआर र आरडीटी एक हजार ३४ जनाकै रिपोर्ट नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेब पाण्डेले जानकारी दिए । उनले भने “गत बिहीबार कालीमाटीमा लिएको नमुनाको सबैको रिपोर्ट नेगेटिभ आएको छ ।”

त्यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेकाअनुसार गत शुक्रबार टेकुमा महानगरका सफाई कर्मचारीलगायतका ७ सय ३१ जनाको नमुना संकलन गरिएको थियो । जसमा आरडीटीमा केहीको पोजेटिभ देखिएको थियो पुनः पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको उनले बताए ।

काठमाडौं उपत्यकामा संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा गत बिहीबार परीक्षण सुरु गरेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  २ : २२ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी