संक्रमण रोक्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र « Khabarhub

संक्रमण रोक्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- कोभिड–१९ सङ्क्रमणको उच्च जोखिम रहेको भन्दै जिल्लाको सीमाक्षेत्र बेलहियाबासीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

भारतबाट आउने मालवाहक कन्टेनर तथा ट्रकका चालक र सहचालकबाट कोभिड–१९ सङ्क्रमणको सम्भावना रहेको र स्थानीयवासी, भन्सार कर्मचारी र एजेन्टमा सर्न सक्ने भएकाले उनीहरुको उचित व्यवस्थापन गर्न ज्ञापनपत्र बुझाइएको स्थानीय बासिन्दा उज्ज्वल पोखरेलले जानकारी दिए ।

स्थानीयवासीले प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई भेटेर १३ सूत्रीय ज्ञापनपत्र बुझाउँदै भन्सार क्षेत्रमा काम गर्ने कर्मचारी तथा मजदूर वर्गको स्वास्थ्य सुरक्षा गर्न, कार्यक्षेत्रमा काम गर्नेबीच सामाजिक दूरी कायम राख्न पहल गर्न र भन्सार भित्र आएका कन्टेनर तथा ट्रकमा पूर्णरुपमा सेनेटाइज गर्न माग गरेका छन् ।

भन्सारभित्र प्रवेश गरेका चालक तथा सहचालक भन्सारभित्र मात्र बस्ने व्यवस्था गर्न र भन्सारबाट निस्किएका मालवाहक साधनलाई गन्तव्यमा मात्र पुगेर रोक्न माग गरिएको छ ।

ज्ञापनपत्रमा भन्सारभित्र काम गर्ने कर्मचारी, मजदूर, चालक तथा सहचालकले पञ्जा, मास्क र पूरा शरीर ढाक्ने लुगा प्रयोग गर्नुपर्ने, भन्सारमा काम गर्नेको स्वास्थ्य परीक्षण गर्नुपर्ने र भारतीय चालक तथा सहचालकको विवरण राख्नुपर्ने माग गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

पहिल्लो समय जिल्लामा भन्सारबाट आयात हुने कन्टेनरका चालक र सहचालकका कारण जोखिम बढ्को भन्दै विरोध भएको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ३ : ५३ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग