गौरीफण्टा नाकाबाट ७५८ जना नेपाल भित्रिए | Khabarhub Khabarhub

गौरीफण्टा नाकाबाट ७५८ जना नेपाल भित्रिए


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- नेपाल भारत सीमामा रहेका नागरिकलाई नेपाल प्रवेश दिएपछि कैलालीको गौरीफण्टा नाकाबाट ७५८ जना नेपाल भित्रिएका छन् ।

यसरी नेपाल भित्रिएका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको छ । कैलाली र कञ्चनपुरका सबै नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा पठाइएको तथा डोटीका १२ र बझाङका चार जना धनगढीस्थित क्वारेन्टिनमा राखिएका छन् । उनीहरु यही जेठ २ र ३ गते नेपाल भित्रिएका हुन् ।

सीमाबाट आउनेलाई गौरीफण्टामा स्वास्थ्य परीक्षणपछि मात्रै स्थानीय पालिकामा पठाउन थालिएको छ । यसअघि भारतमा क्वारेन्टिनमा राखिएका नेपालीलाई भारतले भारतीय सीमासम्म पु¥याउने व्यवस्था गरेको छ भने नेपालका क्वारेन्टिनमा रहेका भारतीयलाई भारत फर्काउन थालिएको छ ।

नेपाल भारत सीमामा दर्जनौंँ नाका भए पनि हाल धनगढी मात्र खुला रहेको छ । धनगढी त्रिनगर भन्सारपछिको दैनिक हजारौंँ मानिस ओहोरदोहोर हुने नाका खक्रौला थियो । लकडाउन लम्बिँदै जाँदा खक्रौला नाका पनि बन्द छ । नाका बन्द भएपछि खक्रौला भएर नेपाल आउन चाहने मानिसलाई पनि धनगढी भएर आउनू भन्ने गरिएको टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले जानकारी दिए ।

बन्दाबन्दीका बेला दुईदेशीय सीमामा एकार्काका नागरिकलाई आदानप्रदान गर्न जिल्लामा एउटै नाका मात्र रहेकाले केही दिनअघि टीकापुरमा क्वारेन्टिनमा रहेका भारतीयलाई टीकापुरबाट धनगढी पु¥याइएको थियो भने पलिया क्वारेन्टिनमा रहेका नेपालीलाई भारतीय अधिकारीले गौरीफन्टामा ल्याई बुझाएका थिए ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  १० : १४ बजे

रास्वपा विस्तारित बैठक : चार प्रतिवेदन पेश हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको विस्तारित बैठक भोलिबाट सुरु हुने

प्रधानमन्त्री कार्कीको औकातमा प्रश्न उठाएपछि सामाजिक सञ्जालमा रामकुमारी झाँक्रीको उछितो

काठमाडौं– पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्तामा पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री सुशीला

पुष्पसदन कप बास्केटबल शनिबारदेखि

काठमाडौं– पुष्पसदन आवासीय माध्यमिक विद्यालयको आयोजनामा चौथो पुष्पसदन कप उपत्यकाव्यापी

लिङ्देनलाई राणाको पत्र : १२ बुँदेको औचित्य सकियो, अब हिन्दु अधिराज्य र राजा फर्काउन लागौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्सेर राणाले पार्टी सुधारका

कन्नड सिनेमाका अभिनेता हरिश रायको ६३ वर्षको उमेरमा निधन

काठमाडौं– कन्नड फिल्म उद्योगका प्रख्यात अभिनेता हरिश रायको ६३ वर्षको