कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघ्यो « Khabarhub

कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघ्यो


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५० हजार ४५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ हजार २६४ जनाको मृत्यु भएको छ । एकै दिन १ लाख ४१ हजार २५७ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ८३ लाख ९२ हजार ४८१ पुगेको छ ।

संक्रमित ३५ लाख ३६ हजार ८७७ जनाको उपचार भइरहेको छ भने ४४ लाख ५ हजार १५२ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा विहिबार बिहानसम्म १ लाख ८४ हजार ६५९ जनाको मृत्यु भएको छ ।

२२ लाख ५२ हजार ४११ जना संक्रमित भएकोमा १२ लाख ४ हजार ३६७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४८ हजार ७७९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २५ लाख ७२ हजार ३३४ पुगेको छ । त्यसमध्ये ११ लाख २९ हजार ८७१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४४ हजार ५५८ जनाको मृत्यु भएको छ । १७ लाख ३३ हजार १३९ जना संक्रमित भएकोमा १० लाख ८५ हजार २२१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६५ हजार ६८ जनाको मृत्यु भएको छ । १५ लाख ५४ हजार १७९ जना संक्रमित भएकोमा ८ लाख ५१ हजार १४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ७ हजार २४९ जनाको ज्यान गएको छ भने २ लाख ७० हजार ६६० संक्रमित छन् । संक्रमितमध्ये १ लाख २५ हजार ५८० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९८३ जना संक्रमित भएकोमा ८ हजार ४४८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ६ : ३१ बजे

अवतरणका क्रममा विमान दुर्घटना, दुई जनाको मृत्यु, ११ घाइते

क्यानबेरा– दक्षिण अष्ट्रेलियाको एडिलेडस्थित पाराफिल्ड विमानस्थलमा अवतरण गर्ने क्रममा भएको

अदालतले ‘लालीबजार’ रोकेपछि सडकमा उत्रिए कलाकार (तस्बिरहरू)

काठमाडौं- आगामी १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को प्रदर्शन

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण