कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघ्यो | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघ्यो


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५० हजार ४५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ हजार २६४ जनाको मृत्यु भएको छ । एकै दिन १ लाख ४१ हजार २५७ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ८३ लाख ९२ हजार ४८१ पुगेको छ ।

संक्रमित ३५ लाख ३६ हजार ८७७ जनाको उपचार भइरहेको छ भने ४४ लाख ५ हजार १५२ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा विहिबार बिहानसम्म १ लाख ८४ हजार ६५९ जनाको मृत्यु भएको छ ।

२२ लाख ५२ हजार ४११ जना संक्रमित भएकोमा १२ लाख ४ हजार ३६७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४८ हजार ७७९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २५ लाख ७२ हजार ३३४ पुगेको छ । त्यसमध्ये ११ लाख २९ हजार ८७१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४४ हजार ५५८ जनाको मृत्यु भएको छ । १७ लाख ३३ हजार १३९ जना संक्रमित भएकोमा १० लाख ८५ हजार २२१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६५ हजार ६८ जनाको मृत्यु भएको छ । १५ लाख ५४ हजार १७९ जना संक्रमित भएकोमा ८ लाख ५१ हजार १४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ७ हजार २४९ जनाको ज्यान गएको छ भने २ लाख ७० हजार ६६० संक्रमित छन् । संक्रमितमध्ये १ लाख २५ हजार ५८० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९८३ जना संक्रमित भएकोमा ८ हजार ४४८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ६ : ३१ बजे

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको