कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउँदै « Khabarhub

कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउँदै


४ असार २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – कोरोना भाइरसको महामारीले विदेशी भूमिमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आज पनि उद्धार जारी राख्ने भएको छ ।

श्रम मन्त्रालयका अनुसार विहीबार कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउन लागेका हुन् ।

कुवेतमा आममाफी पाएका १५० जना, ओमानबाट १८० र मलेसियाबाट पनि केही नेपाली आउँन लागेका हुन् ।

कुवेतबाट नेपालीलाई लिएर जजिरा एयर काठमाण्डौ आउनेछ । ओमानबाट सलाम एअरको चार्टर्ड उडानमार्फत १८० नेपाली स्वदेश फर्कने छन् भने मलेसियाबाट  हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत नेपालीहरू स्वदेश फर्कने छन्।

सरकारले यही जेठ २३ गतेबाट विदेशमा रहेका नेपालीको उद्धार सुरू गरेसँगै कुवेतमा रहेका नेपाली पनि स्वदेश फर्कन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतबाहेक ३३ मुलुकका २४ हजार १४८ जना नेपालीहरूलाई प्राथमिकताका आधारमा नेपालमा ल्याउनुपर्नेछ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ७ : २५ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश