१८ घण्टापछि खुल्यो अवरुद्ध नारायणगढ-मुग्लिन सडक « Khabarhub

१८ घण्टापछि खुल्यो अवरुद्ध नारायणगढ-मुग्लिन सडक


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ।

हिजो, ३ असार बिहान सवा ४ बजे खसेको पहिरो गएराति १० बजे पन्छाएर सडक नियमित गरिएको हो।

नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो।

दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको खनालले जानकारी दिए। शुरूआतमा खसेको पहिरो पन्छाएलगत्तै सोही ठाउँमा पुनः पहिरो खस्दा समय लागेको उनले बताए।

पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए।

सडक खुलेसँगै सवारी गन्तव्यतर्फ लागेका छन्। सवारीको चापका कारण सवारी एकतर्फी मात्र सञ्‍चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ११ : २२ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि