कोरोना संक्रमणबाट थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या २१ पुग्यो « Khabarhub

कोरोना संक्रमणबाट थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या २१ पुग्यो


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । हिजो बुधबार मृत्यु भएकी कैलालीकी महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालले आफ्नो आधिकारीक फेुसबुक पेजमार्फत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गहन किसिमको टाउकोको चोटको उपचारको क्रममा असार ३ गते हिजो मृत्यु भएकी कैलालीका एक महिलामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जानकारी दिएको हो ।

कैलालीकी ४३ वर्षकी महिलाको हिजो अस्पतालमै मृत्यु भएको थियो । पीसीआर परीक्षणको नतिजा भने आज आएको र रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।

ती महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारिक जानकारी दिएको छैन ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परक्षिणमा पछिल्लो २४ घण्टामा ती मृतक महिला सहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका अन्य संक्रमितहरु बाँकेका ३ जना, बर्दियाका ३ जना र दैलेखका एकजना रहेका छन् ।

असार २ गते मृत्यु भएकी बाँकेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । बाँके घर भएकी ४६ वर्षकी महिलाको उपचारका क्रममा म‌गलबार निधन भएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी उनको स्वाव परीक्षण गर्दा रिपोर्ट आज पोजेटिभ आएको हो ‌।

त्यस्तै सुर्खेतका २८ वर्षे युवकले पनि कोरोना भाइरस स‌ंक्रमणबाट ज्यान गुमाएका थिए । पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको मृत्यु भएको थियो । पञ्चपुरी नगरपालिका-१ हाँसेका उनी क्वारेन्टाइन बसेर घर फर्किएका थिए ।

त्यस्तै पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । उनी भारतबाट ५ दिन अघि नेपाल आएका थिए । उनी भारतबाट आएर पाल्पाको स्थानीय क्वारेन्टाइनमा रहेका थिए । उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि पाल्पाको मिसन अस्पतालमा तीन दिन अघि भर्ना गरिएको थियो । उनको जेठ २० गते मंगालबार मृत्युभएको थियो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका र दोलखाका दोलखाका ७६ वर्षीय पुरुष गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  २ : ४८ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित