फागुनसम्ममा कोरोना नियन्त्रणमा आउने अनुमान गरेका छौं- प्रधानमन्त्री ओली « Khabarhub

फागुनसम्ममा कोरोना नियन्त्रणमा आउने अनुमान गरेका छौं- प्रधानमन्त्री ओली


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुनसम्ममा कोरोना नियन्त्रणमा आउने सरकारी अनुमान रहेको बताएका छन् ।

संघीय संसदको राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले आगामी फागुनसम्ममा कोरोना संक्रमण नियन्त्रणमा आउने आशा रहेको बताए ।

उनले भने,‘पुष मागसम्ममा हामी कोरोना नियन्त्रण गर्नसक्छौं । फागुनको महिना सम्भवतः नियन्त्रणको महिना हन्छ । भारतको सिमाबाट ह्वाह्वारी आउन नदिने र बाहिरबाट आउने क्वरेन्टाइनमा राख्ने अबस्था बढायौँ भने फागुनसम्ममा नियन्त्रणमा आउँछ ।’ असोज कार्तिकसम्ममा कोरोना संक्रमितको संख्या कम गर्नसक्छौं ।

कोरोना संक्रमणका बिरामी भेटिने क्रम बढिरहेको भन्दै उनले भने साउन अन्तिमसम्म कोरोनाको संक्रमित बढ्ने क्रम निरन्तर रहने समेत बताए ।

उनले भने,‘जेठको महिनामा दैनिक बढि छ। अहिले अलि तल झरेको छ। हिजोको मात्रै हेर्ने हो भने भारत लगाएतका देशबाट आउने नेपालीको संख्या २ हजार संख्या छ । यसरी हेर्दा साउन अन्तिमसम्म अलि पिक होलाजस्तो देखिएको छ ।’

प्रधानमन्त्री ओलीले दशैं, तिहार र छठजस्ता जमघट हुने पर्वले कोरोना संक्रमण बढ्नसक्ने चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ३ : २९ बजे

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित