नेपालमा एकैदिन ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ हजार ८४८ पुग्यो « Khabarhub

नेपालमा एकैदिन ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ हजार ८४८ पुग्यो


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा विहीबार थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार ८४८  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ७ हजार ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ७ हजार ८४८ पुगेको जानकारी दिएका हुन् ।

नयाँ थपिएका संक्रमित मध्ये ८० जना महिला र ५ सय ९१ जना पुरुष रहेका छन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४६ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

डा गौतमका स्अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका २ जना महिला र मोरङकी एकजना महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ११ जना महिला र ३१ पुरुष, बैतडीका २ महिला र २३ पुरुष, बाजुराका १५ महिला र २६ पुरुष, भक्तपुरका एक महिला र २ जना पुरुष, डडेल्धुराका ७ महिला र ७७ पुरुष, कैलालीका २ महिला र १९ पुरुष, कपिलवस्तुका २ महिला र १४ जना पुरुष, काठमाडौंका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी नुवाकोटाका २ जना पुरुष, रौतहटकी एक महिला र ३३ पुरुष, रुपन्देहीका ३ जना पुरुष, सर्लाहीका २ जना पुरुष, सिन्धुपाल्चोकका एकजना, ललितपुरका एकजना, नवलपरासीका एकजना र महोत्तरीका एकजना पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्ताल टेकुमा गरिएको परीक्षणमा सिन्धुलीकी एक महिला, भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्वतका एकजना महिला र ४ जना पुरुष, चितवका एकजना पुरुष, नवलपरासी पूर्वका एकजना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका २९ जना पुरुष, बाग्लुङका एकजना पुरुष, मनाङका एकजना पुरुष, नवलपरासी पूर्वका ३० जना पुरुष, स्याङ्जामा २ जना महिला र ७ जना पुरुष, पर्वतका ४ जना पुरुष, तनहुँका १५ जना पुरुष, गोरखाका एक महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ महिला र एक पुरुष, कपिलवस्तुका एकजना पुरुष, पाल्पाका ६ जना पुरुष, रुपन्देहीका २ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै रोल्पाका एकजना पुरुष, नवलपरासीका एकजना पुरुष र अर्घाखाँचीका ६ महिला र ९१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ३ पुरुष, बर्दियाका एक महिला र २ पुरुष, कैलालीका एकजना महिला र दैलेखका एकजना महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ४ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका ६ जना महिला र ८० जना पुरुष, सुर्खेतका ८ जना महिला र २६ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका २ जना पुरुष, बझाङका एकजना महिला र एकजना पुरुष,कञ्चनपुरका २ जना पुरुष, कैलालीका एकजना महिला र १९ पुरुष, डोटीका ५ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११८६ पुगेको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ४ : २५ बजे

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त