भक्तपुरमा ६५ प्रतिशत रोपाइँ सम्पन्न « Khabarhub

भक्तपुरमा ६५ प्रतिशत रोपाइँ सम्पन्न


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- कोरोना जोखिमकाबीच किसानलाई रोपाइँको चटारो परेको छ ।

हरेक वर्ष असारको पहिलो सातापछि रोपाइँ शुरु हुने भक्तपुरमा यस वर्ष असारको पहिलो साता नै रोपाइँको अन्तिम चरणमा पुग्ने भएको छ ।

यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच गत जेठ १५ देखि नै शुरु भएको रोपाइँ अन्तिम चरणमा पुगेको छ । विगतका वर्षझैँ रोपाइँ ढिलो हुने सोचले ढिलो बीउ राखेका किसानले खेतमा पानी भरिएपछि छोटो बीउसमेत रोप्न थालेका छन् ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलका राजेन्द्र थापाले यस वर्ष चित्तपोल, भङ्गाल क्षेत्रको रोपाइँ सकिन लागेको बताए ।

जेठमै पर्याप्त पानी वर्षा भएपछि लकडाउनकै बेलामा किसानले रोपाइँ शुरु गरेको जानकारी दिए ।

लकडाउनका बेलामा बीउ किन्न समस्या भए पनि नगरपालिकाले किसानलाई अनुदानमा बीउ वितरण गरेको र कतिपय किसानले आफ्नै घरमा बीउ सञ्चित गरी राखेकाले बीउको अभाव नभएको उनको भनाइ छ ।

जिल्लाका अधिकांश काठ क्षेत्रमा रोपाइँ सकिएको छ भने बजार क्षेत्रमा धमाधम रोपाइँको चटारो परेको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका सानुभाइ गिरी यसवर्ष रोपाइँ चाँडो हुँदा रोपाइँ सकिने अवस्थामा पुगेको बताए ।

उनले भने, “यस वर्ष सिमखेतमा जेठमै रोपाइँ भयो, कुलो नलाग्ने र आकाशेपानीको भर पर्नुपर्ने खेतमा पनि पानी भरिएका छन्, ढिला बीउ राख्नेहरुले छोटो बीउ रोप्न थालेका छन्, धेरैले रोपाइँ सकिसके, बाँकी भएकालाई पनि रोपाइँको चटारो छ ।”

सूर्यविनायक नगरपालिका–८ सिपाडोलका श्यामलाल श्रेष्ठले सिपाडोल क्षेत्रका किसानलाई रोपाइँको चटारो परेको छ भन्दै रोपाइँमा खेताला नपाउँदा अझै ढिला भएको बताए ।

यस वर्ष धान दिवस अर्थात् असार १५ सम्म भक्तपुरका सबै ठाउँमा रोपाइँ सकिने जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले बताए । चार हजार ६४८ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । यहाँ प्रतिहेक्टर छ दशमलब दुई टन धान उत्पादन हुने गरेको तथ्याङ्क छ ।

कोरोनाको त्रासलाई छिचोल्दै किसानले रोपाइँ गरेका हुन् । चानपा–८ सुडालका किसान रामप्यारी कार्कीले वर्ष दिनभरि खान धान फलाउने बेलामा कोरोनासँग डराएर खेती बाँझै राख्न नहुने बताउँदै कोरोनाको डरलाई हटाए्र खेतमा काममा सबै व्यस्त भएको बताए ।

उनले भने, “लकडाउनले यस वर्ष रोपाइँलाई धेरै सजिलो बनायो, वर्षा पनि जेठमै शुरु भयो, जेठमै आली लाएर खेतभरि पानी जमाउन पाइयो, सबै बन्द भएकाले घरभरि भएका मानिस पनि रोपाइँमा जान पाए, रोपाइँमा यस वर्ष लकडाउनले सजिलो बनायो ।”

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आफ्नो नगरपालिका क्षेत्रमा रोपाइँ सकिन लागेको बताए ।  उनका अनुसार यस वर्ष नगरपालिकाले धानको बीउ ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको र मल पनि समयमै विभिन्न निकायले वितरण गरेकाले सहज र छिटो रोपाइँ सकिन लागेको छ ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पनि सूर्यविनायकका सबै क्षेत्रमा रोपाइँ सकिन लागेको बताए ।

यस वर्ष धानको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको बताउँदै मनसुन सक्रिय हुनुअघि नै रोपाइँ सक्नु किसानका लागि खुशीको कुरा भएको बताए । भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका अधिकांश क्षेत्रमा पनि रोपाइँ सकिन लागेको छ ।

-रासस

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १० : ०८ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले