कोरोना महामारीबाट भारत सामान्य अवस्थामा फर्किँदै : प्रधानमन्त्री मोदी « Khabarhub

कोरोना महामारीबाट भारत सामान्य अवस्थामा फर्किँदै : प्रधानमन्त्री मोदी


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणको महामारी जारी रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत फेरि सामान्य अवस्थामा फर्किँदै गरेको बताएका छन् ।

विभिन्न वस्तु तथा सेवाहरुको उपभोग तथा माग बढ्दै गएकाले जनजीवन सामान्य हुँदै गएको उनले बताएका हुन् ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले लकडाउन घोषणा गरेकोले असामान्य बनेको जनजीवन अहिले सामान्य बन्न लागेको उनको भनाइ छ ।

उनले व्यापारिक तथा आर्थिक गतिविधिहरु पनि तीब्र गतिमा बढ्दै गइरहेको बताए । लकडाउनका कारण उत्पादन, विक्री, माग र उपभोग पनि घटेकोमा अहिले फेरि बढ्न थालेको प्रधानमन्त्री मोदीले बताएका छन् ।

व्यवसायिक कोइला उद्योगको उद्घाटन गर्दै उनले भने, “पछिल्लो समयमा फेरि पनि उपभोग र माग बढ्दै गएको छ भने आर्थिक गतिविधि र जनजीवन पनि सामान्य हुँदै गएको छ ।”

कोरोनाका कारण सिर्जित लकडाउनभन्दा पहिलाको जस्तै अवस्थामा पुग्न लागिसकेको पनि उनले दाबी गरे ।

“यी सङ्केतहरुले के प्रष्ट पार्दछन् भने आर्थिक गतिविधि तथा जनजीवन पहिलाको जस्तै हुन लागिसकेको छ, हामी पहिलाकै अवस्थामा फर्किदैछौँ,” उनले भने ।

कोरोनाका कारण लकडाउन लगाउनु परेको र विगत केही समय भारतको अर्थतन्त्रमा समस्या देखिएको तर वर्तमान सामान्य हुँदै गएको प्रधानमन्त्री मोदीको भनाइ थियो ।

भारतको प्रगति र बृद्धि सुनिश्चित भएको दावी गर्दै उनले भारतलाई आत्मनिर्भर बनाउने बताए ।

“केही हप्तापछि हामीले एन ९५ मास्क, कोरोना टेष्ट किट्स, पीपीई, भेन्टीलेटरलगायतका सामग्रीहरु निर्यात गर्नेछौँ,” प्रधानमन्त्री मोदीले भने ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ७ : ३८ बजे

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ