सेनाले सार्वजनिक गर्‍यो खरिपाटी क्वारेन्टिनको खर्च विवरण | Khabarhub Khabarhub

सेनाले सार्वजनिक गर्‍यो खरिपाटी क्वारेन्टिनको खर्च विवरण


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेको क्वारेन्टिन व्यवस्थापनमा अनियमितता भएको भन्ने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चीनबाट ल्याइएका १७५ विद्यार्थीलाई नेपाली सेनाकै नेतृत्वमा भक्तपुरको खरिपाटी क्वारेन्टिनमा सम्पूर्ण प्रवन्ध मिलाई १७ दिन राखेको पुर्‍याएको योगदानको बेवास्ता गर्दै अर्नगल प्रचार भएको भनी सेनाले आपत्ति प्रकट गरेको छ ।

स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै संवेदनशील र राष्ट्रिय प्रतिष्ठासँग गासिएको उक्त कार्यलाई उत्कृष्ट व्यवस्थापनमा सफलतापूर्वक सम्पन्न गर्न पारदर्शी र प्रभावकारी पूर्वतयारी गरिएको स्मरण गराउदै सेनाले सो क्वारेन्टिनका लागि विनियोजित रु एक करोड २९ लाखमध्ये रु सात लाख २८ हजार रकम मौज्दात रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

उक्त क्वारेन्टिनका लागि खरिद गरिएको मध्ये रु तीन लाख उन्नाइस हजार मूल्य बराबरको औषधि पनि स्टोर मौज्दात रहेको जानकारी दिइएको छ । उक्त क्वारेन्टिनमा रहनेलाई खानाका लागि रु ५५ लाख एक हजार, औषधिमा रु तीन लाख ३३ हजार र औषधिजन्य सामग्री खरिदमा रु ६३ लाख ३७ हजार रकम खर्च भएको सेनाको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य सामग्रीहरुमध्ये रु २३ लाख ३० हजार बराबरको औषधिजन्य सामग्रीहरु पुनः प्रयोगमा ल्याउने गरी स्टोर दाखिला भएको जानकारी दिइएको छ । क्वारेन्टिनमा रहने १७५ विद्यार्थी, नेपाल वायुसेवा निगमका १८ कर्मचारी, चिकित्सक समूह, सफाइकर्मी तथा एम्बुलेन्स टोलीसहित ९ (नौ) गरी २०२ जनालाई स्तरीय प्याकिङ्गसहितको स्वस्थ्यकर खाना खुवाइएको बताइएको छ ।

क्वारेन्टाइनमा शाकाहारी र मासाहारी दुवै किसिमका लागि छाक खाना र खाजाको व्यवस्था गरिएको स्मरण गराउँदै सेनाले त्यसका लागि कार्की केटरिङ्गसँग प्रति व्यक्ति प्रति दिन भ्याट वाहेक रु एक हजार ३५० मा सम्झौता भएको जानकारी दिएको छ । क्वारेन्टिनको सुरक्षामा खट्टिएका ३० सुरक्षाकर्मीलाई नास्ता, चिया र पानीको व्यवस्था पनि उक्त रकमबाट भएको सेनाले स्पष्ट गरेको छ ।

कोभिड–१९ को विषम परिस्थितिमा मुलुकको प्रमुख सयन्त्रका रुपमा आफ्नो जीवनलाई खतरामा राखेर जनताको रक्षामा काम गरिरहेको सेनाको मनोबल कमजोर तुल्याउने उद्देश्यबाट आउने टिक्का टिप्पणी प्रति सचेत रहन सैनिक मुख्यालयले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १० : २३ बजे

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल

कञ्चनजङ्घा आधार शिविरमा पहिलो साहसिक साइक्लिङ

ताप्लेजुङ – ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविरमा असम्भव ठानिदै आएको ‘साहसिक

उधारै सम्झौतामा सकियो शिक्षक आन्दोलन

काठमाडौं– विगत २९ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गर्दै आएका शिक्षकहरु

गृहमन्त्रीले शिक्षकलाई भने : तपाईंहरुले जित्नुभयो

काठमाडौं – गृहमन्त्री रमेश लेखकले शिक्षकले आफ्नो लडाइँमा जित हात

पोखरा एयरपोर्ट प्रतिवेदन : निर्णय प्रक्रियामा धेरै सहभागी, निश्चितलाई मात्रै दोषी करारको प्रयत्न

काठमाडौं– सार्वजनिक लेखा समितिअन्तर्गत राजेन्द्रप्रसाद लिङ्देन नेतृत्वको अध्ययन समितिले पोखरा