सेनाले सार्वजनिक गर्‍यो खरिपाटी क्वारेन्टिनको खर्च विवरण « Khabarhub

सेनाले सार्वजनिक गर्‍यो खरिपाटी क्वारेन्टिनको खर्च विवरण


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेको क्वारेन्टिन व्यवस्थापनमा अनियमितता भएको भन्ने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चीनबाट ल्याइएका १७५ विद्यार्थीलाई नेपाली सेनाकै नेतृत्वमा भक्तपुरको खरिपाटी क्वारेन्टिनमा सम्पूर्ण प्रवन्ध मिलाई १७ दिन राखेको पुर्‍याएको योगदानको बेवास्ता गर्दै अर्नगल प्रचार भएको भनी सेनाले आपत्ति प्रकट गरेको छ ।

स्वास्थ्यको दृष्टिकोणले अत्यन्तै संवेदनशील र राष्ट्रिय प्रतिष्ठासँग गासिएको उक्त कार्यलाई उत्कृष्ट व्यवस्थापनमा सफलतापूर्वक सम्पन्न गर्न पारदर्शी र प्रभावकारी पूर्वतयारी गरिएको स्मरण गराउदै सेनाले सो क्वारेन्टिनका लागि विनियोजित रु एक करोड २९ लाखमध्ये रु सात लाख २८ हजार रकम मौज्दात रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

उक्त क्वारेन्टिनका लागि खरिद गरिएको मध्ये रु तीन लाख उन्नाइस हजार मूल्य बराबरको औषधि पनि स्टोर मौज्दात रहेको जानकारी दिइएको छ । उक्त क्वारेन्टिनमा रहनेलाई खानाका लागि रु ५५ लाख एक हजार, औषधिमा रु तीन लाख ३३ हजार र औषधिजन्य सामग्री खरिदमा रु ६३ लाख ३७ हजार रकम खर्च भएको सेनाको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य सामग्रीहरुमध्ये रु २३ लाख ३० हजार बराबरको औषधिजन्य सामग्रीहरु पुनः प्रयोगमा ल्याउने गरी स्टोर दाखिला भएको जानकारी दिइएको छ । क्वारेन्टिनमा रहने १७५ विद्यार्थी, नेपाल वायुसेवा निगमका १८ कर्मचारी, चिकित्सक समूह, सफाइकर्मी तथा एम्बुलेन्स टोलीसहित ९ (नौ) गरी २०२ जनालाई स्तरीय प्याकिङ्गसहितको स्वस्थ्यकर खाना खुवाइएको बताइएको छ ।

क्वारेन्टाइनमा शाकाहारी र मासाहारी दुवै किसिमका लागि छाक खाना र खाजाको व्यवस्था गरिएको स्मरण गराउँदै सेनाले त्यसका लागि कार्की केटरिङ्गसँग प्रति व्यक्ति प्रति दिन भ्याट वाहेक रु एक हजार ३५० मा सम्झौता भएको जानकारी दिएको छ । क्वारेन्टिनको सुरक्षामा खट्टिएका ३० सुरक्षाकर्मीलाई नास्ता, चिया र पानीको व्यवस्था पनि उक्त रकमबाट भएको सेनाले स्पष्ट गरेको छ ।

कोभिड–१९ को विषम परिस्थितिमा मुलुकको प्रमुख सयन्त्रका रुपमा आफ्नो जीवनलाई खतरामा राखेर जनताको रक्षामा काम गरिरहेको सेनाको मनोबल कमजोर तुल्याउने उद्देश्यबाट आउने टिक्का टिप्पणी प्रति सचेत रहन सैनिक मुख्यालयले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १० : २३ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका