भारतमा कोरोना संक्रमितको संख्या लगातार बृद्धि, दुई दिनमा ७० हजार संक्रमित « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या लगातार बृद्धि, दुई दिनमा ७० हजार संक्रमित


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ ।

शुक्रबार अहिलेसम्मकै सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित थपिएको भारतमा दुई दिनमा नै ७० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३४ हजार ८२० संक्रमित भएसँगै शुक्रबार र शनिबार मात्रै भारतमा ७० हजार २८८ जनामा संक्रमण भएको छ ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा शनिबार यो समाचार तयार पार्दासम्म १० लाख ४० हजार ४५७ पुगेको छ ।

यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो ।

अहिलेसम्म संक्रमितमध्ये ६ लाख ५४ हजार ७८ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ६० हजार ९४ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६७६ जनाको मृत्यु भएपछि शनिबार बिहानसम्म ज्यान गुमाउनेको २६ हजार २८५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ५ : ३७ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १